गुल्मीमा डढेलो दुई जनाको मृत्यु

11

रूपन्देही । गुल्मीमा वनमा लागेको डढेलोका कारण दुई जनाको मृत्यु भएको छ । वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका उनीहरुको मृत्यु भएको जिलला प्रहरी कार्यालयले जनाएको छ ।

धुर्कोट गाउँपालिका–३ स्थित बर्दबास सामुदायिक वनको आगो निभाउने क्रममा गम्भीर घाइते स्थानीय ५२ वर्षीय धनबहादुर जोगी कुँवरको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने घाइते भएका अर्का १३ वर्षीय विद्यार्थी दिपक कुमालको घटना भएकै स्थानमा मृत्यु भएको थियो । गाउँपालिकाले मृतकको परिवारलाई राहत दिने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिएका छन् ।