भक्तपुर । भक्तपुर नगरपालिकाले बगी रहेको खोल्सा नै बङ्गाएर अ नेत्र लैजाने आँटेपछि विवाद भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर १० र ६ को सिमाना रहेको खोल्साबाट बग्ने पानीलाई नगरपालिकाले टी आकारको ढल राखेर बङ्गाउन खोजेपछि स्थानीय र नगरपालिका बिच विवाद भएको हो ।
नगरपालिकाको वडा नम्बर १० बाट बग्दै गएको ढल खोल्सा खस्याङखुसुङ खोलामा मिसिने गरेको छ ।
डेकोचा चाँगु रोड नजिक भएर बग्ने खोल्सा लाई नगरपालिकाले खोला नजिकको व्यक्तिको जमिन उकास गर्न खोल्सा नै मोड्न खोजेको स्थानीयको आरोप रहेको छ ।
विगत पचासौँ वर्ष देखि बग्दै आएको खोल्सालाई नगरपालिकाले केही सीमित व्यक्तिको जग्गा उकास गराउन खोल्सा नै मोड्न खोजेको स्थानीयको आरोप रहेको छ ।
ठाडो रूपमा बगेर आएको खोल्सालाई बाटो किनार भएर पचास मिटर पर सम्म टी आकारमा मोडी पुन खोलामा नै मिसाउन लागेपछि स्थानीयले विरोध गरेका हुन् ।
ओरालो स्थानमा टी आकारमा खोल्सा मोड्दा कुनै पनि हालतमा पानी नमोडिने तथा साबिकमा बगी रहेको खोल्सा मोडेर झन् छ्यती पुर्याउन खोजेको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूको उपस्थितिमा नै उनीहरूले उक्त कार्यको विरोध गरेका थिए ।
भक्तपुर नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष डा हरे राम सुवालले २१ सालको नक्सामा उक्त खोल्सा नभएकाले नगरपालिकाले उक्त खोल्सालाई मोड्न लागेको बताएका थिए । उनले खोल्सा मोड्नेहरू तथा उक्त कार्यको विरोध गर्नेहरूलाई आयोजनाको विषयमा जानकारी लिन वडा आउनु पर्ने भन्दै काम नरोक्न आग्रह गरेका थिए ।
स्थानीयले उपभोक्ताको काम वा अन्य जे को काम भए पनि स्थानीयलाई थाह जानकारी नदिई योजनाको विषयमा बोर्ड वा जानकारी गराउने देखिने गरी राख्नु पर्ने फ्ल्क्स वा हेडिङ बोड नराखी तथा स्थानीयको जानकारी विना नै उक्त कार्य गर्न लागेको भन्दै विरोध गरेपछि वडा अध्यक्षले उक्त योजनाको विषयमा बुझ्न वडा कार्यालय नै जानु पर्ने बताएका थिए ।
उनले योजनाको विषयमा जानकारी लिन वडा मा नै आउनु भनेपछि स्थानीयले डाक्टर जस्तो वडा अध्यक्ष नै काम नलाग्ने रहेछ भन्दै नारा लगाएका थिए ।
केही सीमित व्यक्तिको स्वार्थका लागि र आफ्नो पार्टी कार्यकर्ताको खेतबाट खोल्सा बगेपछि उक्त जग्गा उकास गर्न नगरपालिकाले खोल्सा नै मोड्न खोजेको स्थानीयले आरोप लगाएका छन् ।
खोल्साबाट बग्ने पानी गनाएका कारण ढल राख्न लागेको हो भनी वडा अध्यक्षले भनेपछि उनीहरूले साबिकको स्थानबाट बगी रहेको खोल्सालाई जहाँको त्यही राखी ढल बिछ्याउन आग्रह गरेका छन् ।