भक्तपुर । नेपाल लोकतान्त्रबादी आदिवासी जनजाति महासङ्घको अध्यक्षमा नारायण प्रसाद तमखु सर्वसम्मत चयन हुनुभएको छ । महासङ्घको भक्तपुरमा आयोजित भेलाले भक्तपुर जिल्ला कार्यसमिति चयन गरेको हो ।
सभापतिमा तमखु चयन हुनुभएको छ भने उपसभापतिमा श्रीकृष्ण श्रेष्ठ, सचिवमा रामचन्द्र प्रजापति, कोषध्यक्षमा कल्पना सुवाल, सदस्यहरूमा हरिकृष्ण खाइतु, बगिन्द्र राई, वुर्ण बहादुर माकजु, विजय लक्ष्मी सुवाल, निर्मला फाजु , गङ्गा लक्ष्मी कासुला, दिपेश जोशी, मुना गुरुङ, आरती तामाङ, पूर्ण बहादुर श्रेष्ठ, सबुद्ध श्रेष्ठ, सुनिता बजिमय श्रेष्ठ, कन्या मन्दिर प्रजापति, राम माया प्रजापति, मनोज श्रेष्ठ, रामदेवी राजथला, सुवास तामाङ, उषा तामाङ, रामकुमारी नगरकोटी, रमण राजथला, ओम जिमा श्रेष्ठ र पदम सुन्दर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
जिल्ला शाखाको कार्यक्रममा आदिवासी जनताजी एक हुन नसक्दा सबैबाट उपेक्षित हुनु परेको प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले बताउनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गदै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले आदिवासी जनजातिको बाहुल्यता रहेको भक्तपुरमा आदिवासी जनजाति एक हुन नसक्दै उपक्षमा पर्नु परेको बताउनुभएको थियो । आदिवासी जनजातिलाई जातको आधारमा लडाउनेहरूको बाहुल्यता रहँदा बागमती प्रदेशमा नै आफूहरू एक हुन नसकेको उहाँको भनाई थियो । समग्र जिल्ला प्रदेश र देश निर्माणमा आदिवासी जनजाति एक हुनु पर्नेमा धर्म भाषा अनि जातको आधारमा लडाउनको पछि हामी लाग्दा हामी एक अर्काको दुस्मन हुनु परेको उहाँको भनाई थियो ।
कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष ओम बहादुर घर्तिमगर , नेपाल तरुण दलका पूर्व सभापति विनोद कायस्थ, नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति भेष बहादुर कार्की मध्यपुर थिमी नगरपालिकाकी पूर्व उपमेयर अञ्जना देवी मधिकर्मी लगायतका महानुभावको उपस्थिति रहेको थियो ।