इतिहासकै सबैभन्दा ठूलो चोरी, क्यानडामा विमानस्थलबाटै दुई अर्ब रुपैयाँ बराबरको सुन चोरी

99

वीवीसी । क्यानडाको ओन्टेरियो प्रान्तका खानीबाट निकालिएको सुन पठाउन प्राय: प्रयोग हुने टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एउटा ठलो परिमाणको सुन चोरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

अधिकारीहरूले दुई करोड क्यानेडियन डलर अर्थात् एक अर्ब ९४ करोड नेपाली रुपैयाँभन्दा बढीको सुन र बहुमूल्य वस्तुहरू गत सोमवार (१७ एप्रिल) चोरी भएको बताएका छन्।

सामान बोकेको हवाई कन्टेनर उक्त दिन साँझ विमानस्थलमा आइपुगेपछि कार्गोहरू राखिने स्थलमा लगिएको थियो।

उक्त गोदामबाटै सुन तथा बहुमूल्य वस्तुहरू चोरिएको हुनसक्ने प्रहरीको अनुमान छ।

इतिहासकै सबैभन्दा ठूलो चोरी

यो चोरी क्यानडाको इतिहासकै सबैभन्दा ठूलो यस्तो खालको चोरी हुनसक्छ।

यद्यपि क्यानडामा यसअघि पनि यस्ता चोरीहरू नभएका भने होइनन्।

त्यस्ता चोरीमा सन् २०११ र २०१२ मा ‘ग्रेट क्यानाडियन मेपल सिरप चोरी’ पनि पर्छन्।

त्यसबेला क्युबेकस्थित भण्डारणस्थलबाट एक करोड ८७ लाख डलर बराबरको मेपल सिरप चोरी भएको थियो।

पीलका क्षेत्रीय प्रहरी निरीक्षक स्टीफन डाईभेस्टाइनले उक्त घटनाको यथार्थसम्म पुग्नका लागि प्रहरीले “सबैखाले” अनुसन्धान गरिरहेको बताए।

क्यानडा प्रहरी
क्यानडाको प्रहरीले उक्त घटनालाई दुर्लभ भनेको छ