बनेपा नपामा दुई दिने साइबर क्राइम तथा आत्मरक्षा तालिम सम्पन्न

153

बनेपा। बनेपा नगरपालिकाको आयोजनामा शुक्रबार साइबर क्राइम र आत्मरक्षा सम्बन्धी २ दिने तालिम बनेपा नगरपालिकाको हलमा सम्पन्न भएको छ ।
नेपाल मार्सल आट्स हाप्किडो संघका आत्मरक्षा प्रशिक्षक एवं सामाजिक अभियन्ता पद्मा खयरगोलीले वर्तमान अवस्थामा महिला तथा किशोरीलाई स्वस्थ, अनुशासित र सचेत नागरिक बनाउन आत्मरक्षा तालिमले आत्मविश्वास एवं सफल नेतृत्वको विकास हुनेमा जोड दिदै महिला हिंसा विरुद्ध जनचेतना अभिवृद्धिको लागि सानैदेखि चेतना फैलाउनु पर्ने बताउनु भयो ।
बनेपा नगरपालिकाको १ देखि १४ वडाका किशोरी समूहबाट ८० किशोरीहरु सहभागी भएको उक्त कार्यक्रममा मूख्य आत्मरक्षा प्रशिक्षक पद्मा खयरगोलीले सैद्धान्तिक कक्षा लिनु भएको थियो भने प्रशिक्षक रविन श्रेष्ठले आत्मरक्षाको प्रयोगात्मक तालिम दिइएको थियो ।
त्यस्तै मानव अधिकार(इन्सेट)का बनेपा जिल्ला अध्यक्ष भोजराज तिमिल्सिनाले साइबर क्राइम विषयमा कक्षा लिनुभएको थियो । दूई दिन सम्म संचालन भएको साईबर क्राइम तथा आत्मरक्षा तालिम कार्यक्रमको संयोजन बनेपा नगरपालिकाका अधिकृत विजया कुमारी सुवेदीले गर्नु भएको थियो ।