सबैको आकर्षण नागार्जुनको पर्यटकी क्षेत्र

91

काठमाडौँ । काठकमाडौँको नागार्जुन नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरु सबैको आर्षणको केन्द्र बन्दै गएका छन् । यहाँका पर्यटकीय क्षेत्रले आन्तरिक र बाह्रय पर्यटकको मनै लोभ्याउने गरेका छन् । घुम्दा आनन्द लाग्ने नगरपालिका क्षेत्रमा ईचङ्गुनारायण मन्दिर, हल्चोक आकाश भैरब, रानीवन क्षेत्र, नागार्जुन जामाचो, ह्रवाइट गुम्बा, बन्द्रीनारायण धाम, गणेशमान स्मृति र्पाक सहिद पार्क भिमसेन स्थान लागयतका पर्यटकलाई आकर्षण गर्ने धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र सबैको रोजाइको केन्द्र बन्दै गएका छन् ।
त्यस्तै स्वीजरल्याण्ड पार्क, हसन्टार गुम्बा, भुवनेश्वरी मन्दिर पञ्चकन्य मन्दिर लागयत विभन्नि होमस्टेसमेत रहेको नागार्जुन नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगरक्षेत्र भित्र भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र पुनःनिर्माण गर्दै गएकाले नगरपालिका क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बनेको हो ।
नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र सम्बद्र्धन गर्ने कार्यलाई उच्च प्राथमिकता राखेर काम गरिरहेको बताउनुभयो ।
“नगरपालिका क्षेत्रका उक्त पर्यटकीय क्षेत्रमा पुगेर आनन्द लिन र प्राकृतिक दृश्यावलोकन गर्न सयौं आन्तरिक तथा बाह्य पर्यटक ती स्थानमा पुग्छन” नगर प्रमुख बस्नेतले भन्नुभयो, “नगरपालिका भित्रका धार्मिक र तथा पर्यटकीय क्षेत्र नगरापलिकाको अनुपम प्राकृतिक तथा साँस्कृतिक सम्पदा हुन् ।”
नगरपालिका क्षेत्रका रमणीय स्थानमा कतै मठमन्दिर छन् त कतै गुम्बाहरु बनेका छन् । काठमाडौँ उपत्यकाकै नगरपालिका मध्ये सबै भन्दा बढि नागार्जुन नगरपालिका क्षेत्रमा रमणीय स्थान रहेका छन् । नगरपालिका क्षेत्रभित्र उक्त प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्रसम्म सहजरुपमा पुग्न सडक निर्माण भएका छन् भने ती क्षेत्रमा पर्यटकमैत्री संरचना निर्माण भइरहेको नागार्जुन नगरपालिकाले जनाएको छ ।