बास्तोलाको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको चाँगुनारायण नगर कमिटी गठन

531

भक्तपुर ।  राष्ट्रिय स्वतन्त्र पार्टीको चाँगुनारायण नगर कमिटी गठन भएको छ। चाँगुनारायण नगरपालिका बागेश्वरी हेल्मेटडाँडामा आयोजित कार्यक्रमबिच भक्तपुर जिल्ला संयोजक रामेश्वर बस्नेतको अध्यक्षयतामा तथा बागमती प्रदेश समितिका प्रवक्ता उत्सव अर्याल र सांसद तथा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारको उपस्थितिमा ११ सदस्य नगर कमिटी गठन भएको हो ।

भक्तपुर जिल्ला संयोजक बस्नेतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको चाँगुनारायण नगर कमिटीको सभापतिमा नयन बास्तोला चयन हुनुभएको छ ।

बास्तोला मङ्सिर ४ गतेको सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा लौरो चुनाव चिन्ह लिएर भक्तपुर क्षेत्र नं १ बाट उम्मेदावार बन्नुभएको थियो ।

नगर उपसभापतिमा नारायणी महत भँडेल, सचिवमा रोशन थापा र कोषाध्यक्षमा नबिन कार्की चयन हुनु भएको छ ।

यस्तै, सदस्यहरू अमृता श्रेष्ठ, बिविता भण्डारी, कामना प्रसाईँ, श्याम बास्तोला, राम गोपाल नायजु, गोकुल गिरि र विकास थापा चयन हुनु भएको हो ।