विद्यालय सुधारका लागि आयोजित भागवत कलश यात्रामा हजारौँको सहभागिता 

78

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ बागेश्वरी स्थित वागेहिणी माध्यमिक विद्यालयमा आयोजित भागवत सप्ताह महायज्ञको कलश यात्रामा हजारौँ भक्तजनले सहभागिता जनाएका छन् ।

बागेश्वरीको मुहान पोखरी देखि बागे हिटी, बाल्मिकेशवर हुँदै वागेहिणी विद्यालय भागवत स्थल सम्म हजारौँ भक्तजनले कलश यात्रा गरेका हुन् ।

विद्यालय सुधार तथा विद्यालय बस एवं शैक्षिक सुधारका लागि आयोजित भागवत २५ गते सम्म चल्ने छ ।

सप्ताह महाज्ञानबाट उठेको रकमबाट विद्यालयमा निःशुल्क बस सेवा तथा आधुनिक ल्याब, व्यावसायिक शिक्षा, प्राविधिक शिक्षा प्रदानमा जोड दिइने विद्यालयले जानकारी दिएको छ ।