कलश यात्रामा सहभागी भक्तजनलाई बर्गर हाउस कमलविनायकको जुस 

243

भक्तपुर । सामुदायिक विद्यालय व्यवस्थापन एवं सुधारका लागि आयोजित भागवत सप्ताह महाज्ञानको कलश यात्रामा सहभागी भक्तजनलाई बर्गर हाउस कमलविनायकले जुस प्रदान गरेको छ ।

9मुहान पोखरी देखि बागे हिटी, बाल्मिकेश्वर हुँदै वागेहिणी विद्यालय सम्म खाली खुट्टा कलश यात्रा गर्ने भक्तजनहरूलाई बर्गर हाउसले जुस उपलब्ध गराएको हो ।

कलश यात्रामा सहभागी भक्तजनलाई हिँड्दा हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै बर्गर हाउसले जुस उपलब्ध गराएको हो ।

भक्तजनलाई कलश यात्रामा सहजताका लागि जुस उपलब्ध गराएको बर्गर हाउसले जनाएको छ ।