अधिवक्ता कृष्णभक्त श्रेष्ठ र उहाँको परिवारमा आक्रमण  नेपाल बार भक्तपुरद्वारा आपत्ति 

219

भक्तपुर । नेपाल बार एशोसिएसन भक्तपुरका सदस्य अधिवक्ता कृष्णभक्त श्रेष्ठ र उहाँको परिवारका सदस्यहरूमा भएको आक्रमणको नेपाल बार एशोसिएसन भक्तपुरले आपत्ति जनाएको छ ।

उहाँहरूमा भएको आक्रमणको निन्दा गर्दै बारले दोषीमाथि कडा भन्दा कडा कारवाहीको माग समेत गरेको छ ।

श्रेष्ठ परिवार माथि उहाँको टोलका राजन पौडेल र निजकी श्रीमती करुणा पौडेलले आक्रमण गरेका थिए ।

हाल उनीहरूको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भई रहेको बारले जानकारी दिएको छ ।

श्रेष्ठ परिवारलाई शरीरका विभिन्न भागमा चोट पटक लागेको अस्पताल स्रोतले जानकारी दिएको छ ।