भक्तपुर । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर विकास गर्न सबैले एक भएर लाग्नु पर्ने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताउनुभएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि वागेहेणी माध्यमिक विद्यालय बागेश्वरीमा आयोजित श्रीमद भागवत सप्ताह महाज्ञानलाई सम्बोधन गर्दै उहाँले सामुदायिक विद्यालयको शिक्षा गुणस्तर विकास गर्न विद्यालय समुदाय र स्थानीय निकाय एक भएर काम गर्नु पर्ने बताउनुभएको हो ।
शिक्षाको हवका रूपमा सामुदायिक विद्यालयलाई विकास गर्न सबै मिलेर लाग्नु पर्ने उहाँको धारण थियो ।
सामुदायिक विद्यालयमा योग्य शिक्षक हुँदा हुँदै विद्यार्थी सङ्ख्यामा कमी आउनुमा हामी आफैको कमजोरी भएको बताउँदै उहाँले हामी सच्चिन सके सामुदायिक विद्यालयमा वैशाखमा नै भर्न बन्द गर्ने दिन नआउला भन्न सकिन्न ।
जनप्रतिनिधिले गर्ने काम हामी गर्न तयार छौँ शिक्षकले गर्न काम शिक्षकले गर्नु पर्यो तब मात्र निम्न वर्गका विद्यार्थीले पनि गुणस्तरीय शिक्षा पाउन सक्छन् ।
हाल सामुदायिक विद्यालय अध्ययन गर्ने भनेका आर्थिक अवस्था कमजोर भएका अभिभावकका बालबालिका भन्ने मनोविज्ञानलाई चिर्दै यो हाम्रो विद्यालय हो भन्ने अवधारण विकास गराउनु नै हाम्रो लक्ष्य भएको उहाँले बताउनुभयो ।