स्वास्थ्य बीमा कार्यक्रम कीर्तिपुर नगरपालिकामा लागू हुने

66

काठमाडौँ। कीर्तिपुर नगरपालिकाको १८ औं बैठकले नेपाल सरकार स्वास्थ्य बीमा बोर्डबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम कीर्तिपुर नगरपालिकामा लागू गराउन आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
नगरबासीलाई स्वास्थ्य बीमाको कार्यक्रममा पहुँच पुर्याउनका लागि नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम कीर्तिपुर नगरपालिकामा लागू गर्ने प्रक्रिया अगाडि बढाउन लागेको हो । नगरपालिका प्रमुख राजकुमार नकर्मीको अध्यक्षतामा बसेको १८ नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।
त्यस्तै कीर्तिपुर नगरपालिकाले सबै वडालाई बालमैत्री वडाको रुपमा घोषणा गर्ने भएको छ । सबै वडालाई बालमैत्री नगरपालिका घोषणा गर्दै कीर्तिपुर नगरपालिकालाई नै बालमैत्री नगरपालिका बनाउन लागिएका हो । नगरपालिकाको १८ औं नगर कार्यपालिकाको बैठकले चालु अािर्थक वर्ष २०७९÷ ८० मा वडा नं. ७ लाई नमूनाको रुपमा प्रथम चरणमा बालमैत्री वडा घोषणा गर्ने र क्रमिक रुपमा सबै वडालाई बालमैत्री वडा घोषणा गर्न योग्य बनाइ नगरपालिकालाई नै बालमैत्री नगरपालिका बनाउन आगामी नगरसभामा योजना पेश गर्ने निर्णय नगरपालिकाले गरेको कीर्तिपुर नगरपालिकालाई जाएको छ ।
कीर्तिपुर नगरपालिका भित्र कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरुको स्वयम्सेवक कार्यको उच्च मूल्याङ्क एवं कदर स्वरुप तोकिएको उमेर दहका कारण अवकाश हुनका लागि प्रति व्ययक्ति दुई लाख रुपियाँका दरले सम्मान स्वरुप उपलब्ध गराई सेवाबाट अवकाश दिने निर्णय गरिएको नगरपालिकाको ओइसाइडमा जारी सूचनामा उल्लेख गरिएको छ ।

CamScanner 05-09-2023 16.52
CamScanner 05-09-2023 16.52
CamScanner 05-09-2023 16.52