राशीफल

444
२९ बैशाख २०७४, शुक्रवार द्वितीया

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनमा खर्च बढ्नेछ । व्यवसायबाट यथेष्ट लाभ हुनेछ । नैतिकतामा आक्षेप लाग्न सक्छ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरीमा पदोन्नतिको सम्भावना छ । हर्ष बढ्नेछ । धन हानि हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) न्याय क्षेत्रमा बाधा उत्पन्न हुनेछ । व्यवसाय सामान्य रहनेछ । शारीरिक थकान बढ्नेछ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ –

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक सम्बन्ध सुधार हुनेछ । व्यवसाय परिवर्तन हुन सक्छ । व्ययको अधिकता रहनेछ । पठन–पाठनमा प्रगति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तको सहयोग मिल्नेछ । परिवारिक सुख प्राप्त हुनेछ । मनमा द्विविधा बढ्नेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नेतृत्व क्षमतामा वद्धि हुनेछ । पदप्रतिष्ठामा आंशिक सुधार आउनेछ । कुटुम्बबाट सहयोग प्राप्त हुनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कलासाहित्यमा रुचि बढ्नेछ । धार्मिक कार्यमा रुचि घट्नेछ । बौद्धिक वर्गसँग सहकार्यको अवसर मिल्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काममा बाधा आउनेछ । सामाजिक प्रभाव बढ्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वास्थ्यमा आंशिक सुधार हुनेछ । कार्यमा मनोबल घट्नेछ । शत्रु सबल रहनेछन् । रोकिएका काम सम्पादन हुनेछन ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विवाद बढ्नेछ । अध्ययनमा रोकावट आउनेछ । आकस्मिक धनहानि हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काम गर्ने हौसला र उत्साह बढ्नेछ । व्यापार ब्यबसायबाट आम्दानी हुनेछ । स्वास्थ्य सामान्य रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काम गर्ने मनोबल बढ्नेछ । आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ । मनमा खिन्नता बढ्नेछ । मनग्य धन आर्जन हुनेछ ।