चाँगुनारायण मन्दिरमा चन्दन घोट्ने मेसिन हस्तान्तरण

122

भक्तपुर । चाँगुनारायण मन्दिरमा चन्दन घोट्ने मेसिन हस्तान्तरण गरिएको छ ।

चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीले ऐतिहासिक, धार्मिक र पौराणिक मन्दिर चाँगुनारायणमा चन्दन घोट्ने मेसिनको उद्घाटन गरेका हुन् ।भक्तजनहरुको घुइचो लाग्ने प्रशिद्ध मन्दिर चागुनारायणमा दाताले उपलब्ध गराएको चन्दन घोट्ने मेसिनको मेयर खत्रीले उद्घाटन गरेका हुन् ।

कागेश्वरी मनोहरा ४ निवासी राम भडेल, लक्ष्मण भडेल र सनतकुमार भडेलले आफ्ना स्वार्गीय मात ज्ञानी भडेल र पिता आइतनारायण भडेलको सम्झनामा चाँगुनारायण मन्दिरमा चन्दन घोट्ने मेसिन उपलब्ध गराएका हुन् । पुण्य कर्ममा समाहित भडेल परिवरले उपलब्ध गराएको मेसिन उद्घाटन कार्यक्रमा बागमति प्रदेशका पूर्व भौतिक पूर्वाधार पूर्वमन्त्री कृष्णलाल भडेल, मन्दिरका प्रतिनिधि र दाताका परिवरजनको उपस्थिति थियो ।

राम भडेल, लक्ष्मण भडेल र सनतकुमार भडेलले आफ्ना स्वार्गीय मात ज्ञानी भडेल र पिता आइतनारायण भडेलको सम्झनामा उपलब्ध गराएको चन्दन घोट्ने मेसिन मन्दिरमा हस्तान्तरण गरिएको छ ।
उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो ।