चाँगुनारायकण एक वडाका ज्येष्ठ नागरिक र एकल महिलालाई तिर्थघटन 

742

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १ ले आफ्नो वडामा रहेका ज्येष्ठ नागरिक र एकल महिलाहरूलाई सामूहिक रूपमा तिर्थघटन गराएको छ ।

वडा भित्र रहेका ज्येष्ठ नागरिक र एकल महिलाहरूलाई वडाले शनिवार दक्षिणकालीको दर्शन गराएको हो ।

काम गर्न सक्ने वर्ग आफ्नो रमाइलोका लागि पिकनिक वा अन्य क्षेत्रको भ्रमण अनि साथीभाइ भेट्न आफ्नो खुसीले जान सक्छन् तर ज्येष्ठ नागरिक एकल महिलाहरूको हकमा यो अलि कठिन नै हुने भएकाले आफूहरूले वडा भरका ज्येष्ठ नागरिक र एकल महिलाहरूलाई तिर्थघटन तथा पिकनिकको आयोजना गरेको वडा अध्यक्ष सिजन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा भरका करिब ५ सय भन्दा बढीको सहभागिता रहेको थियो । ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा समस्या हुने भएकाले उनीहरूको स्वास्थ्यलाई ख्याल गर्दै स्वास्थ्य स्वयंसेवीका लगायत भोलेन्टियरको पनि व्यवस्था गरेको थियो ।

ज्येष्ठ नागरिक तथा एकल महिलाहरूको उक्त तिर्थघटन तथा पिकनिकमा उनीहरूले पुराना साथीभाईहरुसँग भेटघाट तथा सुख दुःख साटासाट गरेका थिए ।

पिकनिकमा ज्येष्ठ नागरिकहरूले नाचगान गर्दै रमाइलो गरेका थिए । आफ्ना बालसखाहरु वृद्ध अवस्थामा तथा आफ्ना कुरा मिल्ने साथीभाइ सखाहरूसँगको उक्त पिकनिक तथा तिर्थघटनबाट आफूहरू ज्यादै खुसी भएको ज्येष्ठ नागरिकहरूले बताएका थिए ।

पिकनिक ज्येष्ठ नागरिकको दुःख सुख आफ्ना साथीभाइलाई साटासाट दक्षिणकालीको दर्शन तथा नाचगान रमाइलो गरी बितेको थियो ।

ज्येष्ठ नागरिक हाम्रा सम्मानित व्यक्तित्व हुनुहुन्छ उहाँहरूले गर्न सक्दा उहाँहरूले गर्नुभयो उहाँहरूको खुसीका लागि नै वडाले तर्थघटन तथा पिकनिकको आयोजना गरेको वडा अध्यक्ष सिजन कार्कीले बताउनुभयो ।

ज्येष्ठ नागरिक पिकनिक तथा तर्थघटन कार्यक्रमका लागि वडाका विभिन्न ८ स्थानमा १४ बस सेवा वडाले व्यवस्था गरेको थियो ।