बुढानिलकण्ठ नगरपालिकामा वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला आयोजना हुने

11

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकाको परिसरमा वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला आयोजना हुनेछ । “मेरो वृत्ति मेरो खोजी भन्ने मुल नाराको साथ मार्ग निर्देशन तथा रोजगार मेला २०८० जेठ ६ देखि ७ गते शनिबार र आइतबार आयोजना हुन लागेको हो । मेला विहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन हुन लागेको बुढानिलकण्ठ नगरपालिकाले जनाएको छ ।
मेलाले रोजगार खोज्ने र रोजगार दिनेहरुलाई एकै स्थानमा ल्याई उनीहरुबीच पुलको काम गर्नेछ । बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा दुई दिने वृत्ति कार्यक्रम नेपाल सरकार तथा स्वीस सरकारबीचको द्धिपक्षीय सम्झौता अनुसार सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरण अन्तर्गत सञ्चालन हुनेछ ।
कार्यक्रममा औद्योगिक क्षेत्र उद्योग महासंघ, सामुदायिक विद्यालयहरु, प्याब्सन , एन प्याब्सन, पेटसान, अपेन, सार्वजनिक शैक्षिक गुठी विद्यालय संघसँगको सहकार्य छ । यस मेलामा विद्यार्थी, युवाहरुले आ–आफ्नो रुची र खुबी अनुसारको वृत्तिविकास परियोजनार्थ सीप सिक्न, जागिर खोज्न सहयोग पु¥याउनेछ ।
नगरपालिका प्रमुख मिठ्ठाराम अधिकारीले रोजगारको खोजीमा रहेको युवायुवती, विद्यार्थीहरुलाई उनीहरुको वृत्ति मार्ग निर्देशन गर्ने तथा उनीहरुको भेट रोजगारदाता र सेवा प्रदान गर्ने सरकारी गैह्र सरकारी निकायहरुसँग गराउने मुख्य उद्देश्य रहेको बताउनुभयो । स्थानीय जनशक्तिलाई स्थानीय स्तरमा रोजगारी उपलब्ध गराउने अभियानले आयोजना गरिएको वृत्ति मार्ग तथा रोजगार मेलामा बुढानिलकण्ठ नगरपालिकाको चारवटा, उद्योग व्यावसायबाट १६ वटा महिला उद्यमीबाट ६ वटा, सामाजिक विकास मन्त्रालय र दीगो सम्मानित रोजागरका लागि सीप परियोजना दोस्रोबाट एउटा, शैक्षिक संघसंस्थाबाट पाँचवटा प्राविधिक शिक्षालयबाट दशवटा गरी जम्मा ४४ वटा स्टलहरु रहने नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै विभिन्न उद्योग र व्यावसायहरुबाट रोजागरीको अवसरहरु समेत रहनेछन् । तसर्थ यस मेलामा दश हजार जनासम्मको सहभागिता रहने अनुमान गरिएको मेलाबाट निम्न उलब्धिहरु प्राप्त हुने अपेक्षा राखिएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।
मेलामा कम्तिमा दुई हजार जनाले वुत्ति परामर्श सेवा प्राप्त गर्नेछन् । बेरोजगार युवाहरुले विभिन्न उद्योग तथा व्यावसायमा रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ । विभिन्न उद्योग तथा व्यावासयाहरुले उलब्ध जनशक्तिबारे जानकारी पाउनेछन् । बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेको उद्योग तथा व्यवसायसँग उपलब्ध विभिन्न रोजगारीका अवसर बारे जानकारी पाउनेछन् । तालिम प्रदाक संस्थाबाट प्रदान गरिने सीप मूलक तालिम र अवसरको जानकारी प्राप्त गर्ने जनाइएको छ ।
जनशक्तिलाई स्थानीय उद्योग÷व्यवसाय अटोमोबाइल, बैंकिङ्ग, पर्यटन, होटल व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पु¥याउने , एसइइ र १२ कक्षा जाँच दिएर बसेका विद्यार्थीहरु, युवाहरु÷गृहिणी महिला ÷काम गरिरहेको कामदारहरुको वृत्ति विकासको लागि सहयोग गर्न र श्रम बजारको सीपको आवश्यकताको जानकारी गराउने हेतुले प्राविधिक , प्रशासनिक क्षेत्रका व्यक्तिका साथै श्रमिक वर्गको समेत सहभागिता रहने मेलामा उद्योग÷व्यवसाय लगायत अन्य क्षेत्रका रोजगारदाताको सहभागिता रहने जारी विज्ञप्तिमा भनिएको छ ।
रोजगार मेलाको मुख्य अवसरहरु ःवृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने , सीपमुलक तालीम दिने संस्थाहरुको प्रदर्शनी र तालीमबारे जानकारी दिइने, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमुलक तालीमहरु सम्बन्धी जानकारी दिइने, रोजगारको अवसर प्राप्त गर्न सकिने , स्थानीय उत्पादनहरु प्रदर्शनी गरिने बुढानिलण्ठ नगरपालिकाले जनाएको छ ।
अहिले उद्योग व्यवसायहरुको संकटकालीन विद्यमान परिस्थितिमा एकातर्फ जनशक्ति पलायन हुने क्रममा रहनु, बेरोजगारको संख्या बढ्दै जाने र अर्कातर्फ उद्योग ÷व्यवसाय लगायतका क्षेत्रले जनशक्तिको अभाव भोग्नु परिरहेको वर्तमान अवस्थामा आयोजना गर्न लागिएको वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलाबाट युवाहरुलाई थप आफ्नो वृत्ति विकासको बढावा हुने रोजगारदाताहरुलाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध हुने अपेक्षा गरिएको छ ।