राशीफल

383
३० बैशाख २०७४, शनिवार  द्वितीया
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रयत्न गर्दा सोचेको काम बन्न सक्छ। व्यवसायमा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विभिन्न चुनौती देखा परे पनि भाग्यले साथ दिनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सहयोगीहरू जुटिदिनाले चिताएका कामहरू पनि सजिलै बन्नेछन्। हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। –
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विभिन्न भौतिक साधन जुट्नेछन्। सामाजिक मानसम्मान मिल्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको कामले उत्साह जगाउनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। गल्तीबिनै आरोप लाग्न सक्छ। सरकारी कडिकडाउको सिकार भइनेछ। –
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। –