विद्यार्थी नेता छान्न अक्सफोर्डमा मतदान,आफ्नो नेता आफूले छान्न पाएकोमा विद्यार्थी खुसी

55

भक्तपुर ।  अक्सफोर्ड प्राक्टिकल स्कुल सल्लाघारीमा विद्यार्थी नेता छान्न मतदान भएको छ। मतदान केन्द्रमा निर्बाचन आयोगले प्रयोग गर्ने सबै सामग्रीको ब्यबस्था गरिएको थियो।

रातो ,निलो,पहेलो र हरियो गरि चार वटा सदनको क्याप्टेन, भाईस क्याप्टेन र म्यानेजर तथा बिद्यालयको छात्र नेता र छात्रा नेता छान्न मतदान भएको हो।

प्रत्यक सदनमा क्याप्टेन,भाईस क्याप्टेन र म्यानेजरकोलागि ४ देखि ७ जना सम्म उमेदबार रहेका थिए भने छात्र नेता र छात्रा नेताको लागि ४ /४ को उमेदबारी रहेको थियो।

उमेदबारी दिने विद्यार्थी नेताहरूले एक हप्ता सम्म बिद्यार्थीमाझ आफ्नो योजना सहित आफूलाई मत मागेका थिए। कक्षा ३ देखि कक्षा १० सम्म २५० भन्दा बढी बिद्यार्थीहरूले मतदान गरेका थिए।

सामाजिक शिक्षामा मतदाता शिक्षा बिषय पढाइ हुने गरेकोमा बिद्यार्थीहरूलाई ब्यबाहारिक सिकाईका लागि प्रत्यक्ष मतदान आयोजना गरिएको बिद्यालयका प्रिन्सिपल रबी दुवालले जानकारी दिए।

उनले प्रजातान्त्रिक पद्दतिमा प्रत्यक्ष निर्बाचन प्रणाली उत्तम रहेको जानकारी बिद्यार्थीलाई गराउन सहज भएको बताए। बिद्यार्थीको क्षेमता बिकासमा पनि सहयोग पुग्ने बिस्वास गरिएको छ। मतदानमा सहभागी तल्लो कक्षाका बिद्यार्थीले निर्बाचन आयोगले गर्ने चुनाब यस्तै हुन्छ हो भनेर जिज्ञासा राखेका थिए भने माथिल्लो कक्षाका बिद्यार्थीले निर्बाचन आयोगले गर्ने चुनाब जस्तै गरिएकोमा खुसी भएका थिए।

विद्यार्थी आफैंले आफ्नो नेता छान्न पाएको र मतदान गर्न पाएकोमा बिद्यार्थीहरू खुसी देखिन्थे। मतदान केन्द्रमा कर्मचारीका रुपमा शिक्षक तथा प्रमुख निर्बाचन अधिकृतका रुपमा बिद्यालयका प्रिन्सिपल रहेका थिए।