ट्रिटनको चुनावबाट आयुष र अनिशा निर्वाचित

34

काठमाण्डौ । ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर तिनकुनेका विद्यार्थीविच पूर्ण प्रजातान्त्रिक तवरबाट सम्पन्न चुनावबाट आयुष कर्ण स्कुल क्याप्टेन (हेड ब्वाई) र अनिशा शिवभक्ति भाइस क्याप्टेन (हेड गर्ल) निर्वाचित भएका छन् ।
यसैगरि विभिन्न सदनको पनि निर्वाचन सम्पन्न भएको छ । जसअनुसार रुवि हाउसको हाउस टिचरमा विनोद कुमार चौधरी र मेनुका आचार्य तथा हाउस क्याप्टेनमा सुशान्त केसी र भाइस क्याप्टेनमा समिक्षा खत्री,इमेराल्ड हाउस टिचरमा समिक्षा नहर्की र आशियाना खातुन तथा हाउस क्याप्टेनमा रोहन शाह तथा भाइस क्याप्टेनमा आयुष श्रेष्ठ छन् ।


यसैगरि सफायर हाउसको हाउस टिचरमा सन्तोष रिजाल र कविता खत्री तथा हाउस क्याप्टेनमा प्रतिक्षा श्रेष्ठ तथा भाइस क्याप्टेनमा प्रशान्त सिंह निर्वाचित भएका छन भने टोपाज हाउसको टिचरमा चन्द्रशेखर साह र बन्दना लामिछाने तथा हाउस क्याप्टेनमा निश्चय कर्ण र भाइस क्याप्टेनमा राशि खडका छन् ।


नवनिर्वाचित पदाधिकारीहरुलाई विद्यालयका भाइस प्रिन्सिपल सुजित तामाङ्ग, विद्यालय संयोजक चक्रकुमार श्रेष्ठ र अतिरिक्त कृयाकलाप संयोजक शिव गैह्रेले खादा, टिका र पुष्प गुच्छा दिएर वधाई दिँदै पदको शपथ गराइएको थियो ।