नेपाली काँग्रेस संसदीय दलको प्रवक्तामा श्रीराम लामिछाने सचिवमा तामाङ May 26, 2023 99 Share Facebook Twitter Pinterest WhatsApp हेटौँडा । बागमती प्रदेश नेपाली काँग्रेसको संसदीय दलको प्रवक्तामा श्रीराम लामिछाने नियुक्त हुनुभएको छ । संसदीय दलको प्रवक्तामा लामिछाने नियुक्त हुँदै गर्दा सचिवमा भने कृष्ण कुमार तामाङ नियुक्त हुनुभएको छ । लामिछाने काठमाडौँ क्षेत्र नम्वर ४ (१) बाट निर्वाचित हुनुभएको थियो भने तामाङ सिन्धुपाल्चोक क्षेत्र नम्वर २ (२) बाट निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेस संसदीय दलको विधान २०७४ बमोजिम लामिछाने र तामाङलाई प्रवक्ता र सचिवमा नियुक्त गरिएको हो । बागमती प्रदेश नेपाली काँग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाले नव नियुक्त पदाधिकारीहरूलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो ।