दोस्रो बागमती प्रदेश खेलकुद, तेक्वान्दोमा भक्तपुरलाई सात स्वर्ण

132

भक्तपुर । हेटौडामा जारी बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दो तर्फ भक्तपुरले सात स्वण पदक हाँसिल गरेको छ ।
तेक्वान्दो खेलमा किरण सितिखु र रबिना लामाले स्वर्ण पदक हाँसिल गरेका हुन् भने आइ.टि.अफ तेक्वान्दोमा सरु बि.क, स्वयता राई,मुना राई,सबिना तामाङ समिर श्रेष्ठले स्वर्ण पदक हाँसिल गर्दै भक्तपुरलाई सात स्वर्ण जिताएका छन् ।
यस्तै खेलमा पबित्रा सुनुवारले तृतीय स्थान, दिलिप आले सुबर्ण आले मगर, निपु शर्मा, सौरब बि.क, सबिना राइर्, सरु बि.क, समिर श्रेष्ठ दोस्रो भएका खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार (टिम गेममा अजय तामाङ र रुक्मुनि चौधरी दोस्रो, प्रेम केशव थापा, दिलासा बस्नेत तेस्रो भएका थिए ।