ललितपुरमा आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न

76

ललितपुर ।
महालक्ष्मी नगरपालिका, ललितपुर महिला तथा बालबालिका उपमेयर कार्यक्रम जनजाति महिला समाज कमलपोखरीको आयोजनामा शनिबार महिला तथा बालबालिका शाखाका अधिकृत तारा कुमारी के.सीको प्रमुख आतिथ्यमा महेन्द्र आदर्श उच्च मावि ललितपुरमा एकदिने आत्मरक्षा कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथिको आसनबाट महिला तथा बालबालिका शाखाका अधिकृत तारा कुमारी केसीले वर्तमान अवस्थामा महिला हिंसाबारे समयमै सचेत हुनुपर्नेमा जोड दिनुभयो, किशोरी बालिकाहरुले आत्मरक्षाको सिप सिकेर समाज उत्ठानका कार्यहरुमा जागरुकता, सक्षमता आउने कुरा बताउनु भयो ।
उक्त औपचारिक कार्यक्रममा महेन्द्र आदर्श उच्च माविका प्रधानअध्यापक एक बहादुर भण्डारी, प्रहरी निरीक्षक (इन्स्पेक्टर) मिना देवी राई, भक्तपुर मार्शल आर्टस हाप्किडो संघका अध्यक्ष तथा आत्मरक्षा प्रशिक्षक पद्मा खयरगोलीले पनि आआफ्नो भनाई राख्नुभएको थियो ।
जनजाती समाज, कमलपोखरीका अध्यक्ष रञ्जना थापामगरको अध्यक्षतामा सम्पन्न आत्मरक्षा तालिमको समुद्घाटन कार्यक्रमको संचालन राधिका खनाल सुवेदीले गर्नु भएको थियो । कार्यक्रम महालक्ष्मी नपाको आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा प्रहरी निरीक्षक मिना देवी राईले आत्मरक्षा तथा सामाजिक परिवेश र कानुनी उपचारको बारे प्रकाश पार्नु हुदै भैपरिआएको खण्डमा प्रहरी मेरो साथी भनि आएमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
आत्मरक्षा कार्यक्रमको तेस्रो चरणमा आत्मरक्षा प्रमुख प्रशिक्षक पद्मा खयरगोलीले महिलामा सक्षम, सबल भएपनि आत्मबल तथा आत्मविश्वास कमि भएकोले समाजमा विभिन्न हिंस्रक अपराधीहरु बढेको उल्लेख गर्दै वहाँले खेलकुद तथा आत्मरक्षा स्वयम्को सुरक्षाको लागि हो, कसैलाई हानिनोक्सानी प¥ुयाउनको लागि होइन, यो समय र परिस्थिती अनुसारमात्र प्रयोग गर्नुपर्ने कुरामा जोड दिनु हुंदै आत्मरक्षाका विभिन्न सिप, अभ्यासका साथै विभिन्न टेक्निकहरु प्रस्तुत गर्नुभएको थियो । करिव ४० जना किशोरी विद्यार्थीहरुको सहभागी भएको आत्मरक्षा तालिम कार्यक्रममा आत्मरक्षा प्रशिक्षक रविन्द्र श्रेष्ठ, जयन्ती श्रेष्ठ तथा मन्दिरा शाक्यको पनि सकृय सहभागीता थियो ।