दुवाकोटमा विपद् तथा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि अभिमुखिकरण सम्पन्न

220

दुवाकोट, भक्तपुर ।

चाँगुनारायण नगरपालिकाले वडा नं १ र २ का स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु, सदस्यहरु लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुलाई १ दिने विपद् तथा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरेकोछ ।
चाँगुनारायण नगरपालिका वडा नं १ का वडाध्यक्ष सिजन कार्की तथा वडा नं २ का अध्यक्ष सोम प्रधानको सभापतित्वमा क्रमशः वडा नं १ र २ मा संचालित अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाले मनसुनजन्य विपद्बाट वडाबासीलाई सुरक्षित राख्न सहयोग हुने बताउनु भयो । त्यसैगरी चाँगुनारायण नगरपालिकाकाले एक समुदाय एक प्रथम उद्धारकर्ता टोली तयार गर्ने नीति अन्तर्गत सबै वडामा खोज तथा उद्धार सामग्री भण्डारण, राहत सामग्री भण्डारण लगायत द्रुत खोज तथा उद्धार टोली गठन गर्न गइरहेको कुरा नगरस्तरिय वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक एवं २ नं वडाका वडाध्यक्ष सोम प्रधानले बताउनुभयो ।
मनसुनको समय आउन लागेकोले सम्भावित शहरी बाढी, पहिरो, महामारी र आगलागी लगायतको प्रकोपको जोखिम रहेका क्षेत्रहरुको पहिचान गरी पूर्वतयारीका गतिविधिहरु संचालनका साथै प्रतिकार्यका लागि तयार रहन सकेमा विपद्को जोखिम नयूनीकरणका साथै दु्रत प्रतिकार्य गर्न सकिने भएकोले चाँगुनारायण नगरपालिकाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गर्न वडास्तरमा अभिमुखिकरणको आयोजना गरेको कुरा वडा नं १ को स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा अध्यक्ष सिजन कार्कीले बताउनुभयो । अभिमुखिकरण कार्यक्रम सहाभागीहरुलाई धन्यवादज्ञापन गर्नुहुदै वडाध्यक्ष कार्कीले नगरपालिकाको तर्फबाट प्रत्येक वडामा कम्तीमा १० थान त्रिपाल, १०० मिटर प्लाष्टिक मौज्दातका रुपमा वडास्तरमा भण्डारण गर्नको लागि माग गरे अनुरुप प्रक्रिया अगाडी बढेको बताउनुभयो ।


चाँगुनारायण नगरपालिकाको आयोजना तथा आइसेट नेपाल र डिसिएको साझेदारीमा संचालित नेक्सस परियोजनाको सहयोगमा संचालित अभिमुखिकरण कार्यक्रममा चाँगुनारायण नगरपालिकाले तयार गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थान ऐन २०७५ बमोजिम गठित स्थानीय विपद् व्यवस्थापन समितिको पूर्नगठन, विपद् जोखिम न्यूनीकरण एवं मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण, आर्थिक वर्ष २०८०-८१ मा विपद् व्यवस्थापनमा समेट्नुपर्ने कार्यक्रम तथा गतिविध सम्बन्धि विषयमा सहभागीहरु बीच छलफल र समुह कार्य गरिएको थिायो । दिनेश थापा, राजकुमार लम्साल, भरत ढुंगाना र ऋषि खड्काले सहजिकरण गर्नु भएको उक्त अभिमुखिकरण कार्यक्रममा १८ महिला र ४७ पुरुष गरी जम्मा ६५ जनाको सहभागीता रहेको थियो ।