काठमाडौंका दुई अस्पतालमा सिल

43

काठमाडौं । काठमाडौं महानगरपालिकाले दर्ता नवीकरण नगरी सञ्चालन गरिरहेका काठमाडौंका दुई अस्पतालमा सिल गरेको छ ।

महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो ।

अनुगमनका क्रममा दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ ।