भक्तपुर नगरपालिकाबाट एक बोरा गाँजा सहित एक जना पक्राउ 

2408

भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्वर ४ बाट एक बोरा गाँजा सहित एक जना पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिकाका विभिन्न स्थानमा लागु औषध गाँजा सेवनको घटना दिन प्रतिदिन बढ्दो भएको जन गुनासोका आधारमा खोजी गर्दै जाँदा दरबार स्क्वायर प्रहरीले एक बोरा गाँजा सहित एक जना पक्राउ गरेको हो ।

भक्तपुर नगरपालिका भित्र लागु औषधको हब नै भएको आरोप विभिन्न समयमा लाग्दै आएको छ । जसको कारण भक्तपुर प्रहरीलाई लागु औषध नियन्त्रण तथा रोकथाममा निकै कठिनाइ हुँदै आएको छ ।

भक्तपुर नगरपालिका वडा नम्वर ४ मंगलाछेमा घर भाडामा बस्ने अवी तामाङको साथबाट एक बोरा गाँजा फेला परेको हो ।

साना साना पोका बनाई विक्री गर्दै आएका काभ्रे रोशी गाउँपालिका मंगलटारका उनीसँग ठुलो परिमाणको लागु औषध गाँजा रहेको भन्ने सुराकीको आधारमा दरबार स्क्वायर प्रहरीले उनीलाई गाँजा सहित पक्राउ गरेको हो ।

नगरपालिकाका कुना काप्चा तथा गल्लीमा गाँजा खाने समूह जम्मा हुने हो हल्ला गर्दै आएको भन्ने स्थानीयको लामो समय देखि जनगुनासो सुन्दै आएको प्रहरीले साना एक दुई खिल्ली चुरोटमा राखेको गाँजा कहाँ बाटा आयो भन्ने पत्ता लगाउँदै जाँदा साना साना प्लास्टिकको पोकामा पोको पारेको पाँच पाकेट गाँजा सहित अवी पक्राउ परेसँगै उनको बास स्थान खान तलासी गर्दा एक बोरा गाँजा फेला परेको एक प्रहरीले जानकारी दिए ।

लागु औषध नियन्त्रण तथा लागु औषध प्रयोगकर्ताको लागि भक्तपुरका गल्ली चोक तथा सुनसान स्थान हब नै हुँदै आएको छ । जसको नियन्त्रणलाई साँझ बिहान बढी मात्रामा प्रहरी डिउटीमा समेत खटाइएको तथा सादा पोसाकका प्रहरी समेत परिचालन हुँदै आएको प्रहरीले जानकारी दिएको छ ।

हाल भक्तपुरमा लागु औषध प्रयोग कर्ताको सङ्ख्या बढ्दो रहेको विभिन्न लागु औषध सँग सम्बन्धी काम गर्ने सङ्घ संस्थाहरूले जनाएका छन् ।

लागु औषध नियन्त्रण लागु औषध नियन्त्रण तथा जन स्तरमा नै लागु औषधको विषयमा प्रहरी तथा विभिन्न सङ्घ संस्थाले विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् ।