काठमाडौँ । आगामी आर्थिक वर्षभित्रमा नागार्जुन नगरपालिका प्लास्टिक मुक्त क्षेत्र घोषणा हुने भएको छ ।
नगरपालिकाले शनिबार आगामी आर्थिक वर्ष २०८०-८१ को लागि सभामा प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेटमा नगरपालिकालाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्ने गरी नीति सभामा प्रस्तुत गरेको छ ।
प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्नका लागि नगरपालिकाले कार्य योजना तयार गरी लागू गर्नेछ । प्लास्टिकले वातावरण प्रदूषण गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले प्लास्टिकको विकल्पका लागि स्थानीय उद्यमीहरूबाट उत्पादित कपडाको झोला प्रवर्द्धन गर्नका लागि अभियान सञ्चालन गर्ने नीति बनाएको हो । नगरपालिकाले प्रमुख मोहनबहादुर बस्नेतले नगरपालिकाको वातावरण संरक्षण गर्दै वातावरणीय सरसफाइलाई अभियानको रूपमा सञ्चालन गर्न प्लाष्टिमुक्त नगरपालिका घोषणा गर्न लागिएको बताउनुभयो ।
नगरपालिकाको सातौँ नगर सभामा नगरपालिकाका वरिष्ठ लेखा अधिकृत आनन्दकुमार खड्कालाई ७४ प्रतिशत भन्दा बढी बेरुजु फछ्र्याैट गर्न योगदान गरेबापत सम्मान गरिएको थियो ।