नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घ बागमती प्रदेशको अध्यक्षमा संगम लामा निर्वाचित 

65

 

भक्तपुर । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घ बागमती प्रदेशको अध्यक्षमा संगम लामा निर्वाचित भएका छन् । सङ्घको  तेस्रो भेलाबाट लामाको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत भएको हो ।

समितिको उपाध्यक्षमा केशव कवां र नविनबज्र लामा, सचिवमा तीर्थ रत्न राज चल, कोषाध्यक्षमा कल्पना विश्वकर्मा सर्वसम्मत भएका छन् । त्यसै गरी सदस्यहरूमा विज्वेल सुवाल, राम सिवाकोटी, रामकाजी श्रेष्ठ, निर्मला तामाङ, पुष्पराज भटराई, नगेन्द्र महर्जन, नीरा मानन्धर र राजाराम बासी रहेका छन् । बाँकी सात जना सदस्य पछि मनोनीत गरिने जनाइएको छ ।

यसअघि भेलाको उद्घाटन बागमती प्रदेशका सामाजिक  विकास  मन्त्री कुमारी मोक्तानले गरेकी थिइन् । कार्यक्रममा नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घका केन्द्रीय अध्यक्ष पूर्णप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष कुमार कार्की, केन्द्रीय  सदस्य राजकुमार लघुलगायतले खेलको विकासमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रम सङ्घका निवर्तमान अध्यक्ष उमा थपलियाको सभापतित्वमा भएको थियो ।