हेटौंडा । बागमती प्रदेश सभामा सांसद छिर्न सकेनन ।
वर्षको कारण प्रदेस सभा सचिवालय अगाडी पानी जमेर तलाउ भएपछि सांसद सदन छिर्न नसकेका हुन् ।
बागमती प्रदेस सभाको सदन चल्न लाग्दा सदनको आँगनमा पानी जमेर सांंसद सदन छिर्न नसक्दा सदन ढिला भएको छ । दिउसो १ बजे चल्ने भनिएको सदन समाचार लेख्दा सम्म चल्न सकेन ।
प्रदेस सचिवालय निर्माणमा अदुरदर्सिताका कारण मुल गेटमा जहिले पानी जमेर आहल हुने गरेको छ ।
पटक पटक सदन अगाडी पानी जमेर आहल हुँदा पनि सम्वन्धित निकायको आँखा भने सदन अगाडी समेत पर्न सकेको छैन ।
बागमती प्रदेशको सदन अगाडी नै पोखरी हुँदा र साँसद छिर्न नसक्दा समेत केहि गर्न नसक्ने बागमती प्रदेसको विकास भने के होला सोच्ने विषय रहेको छ ।