भक्तपुर । लोकप्रिय वाद्यवादकहरुको समूह फ्रेटले आज अनलाइन संगीत स्ट्रिमिङ एप नूडल रेक्स मार्फत आफ्नो पहिलो एल्बम ‘मोक्ष’ रिलिज गरेको छ।
फ्रेट सांगीतिक समूहले संगीतका नयाँ रूपहरू सिर्जना गर्दै, पूर्वी शास्त्रीय, पश्चिमी संगीत र सारंगी, बाँसुरी र नेवारी ढोलको माध्यमबाट परम्परागत र जातीय सङ्गीतलाई मिसाएर विकसित तरिकाले फ्युजन गीत संगीत प्रस्तुत गर्दै आएको छ।
यस समूह अन्तर्गत तीन जना कलाकारहरु छन् जो विभिन्न संगीत पृष्ठभूमिलाई प्रतिनिधित्व गर्दै आएका छन्।
तीन जनाकै सांगीतिक सिर्जनशिलतालाई एकसाथ मिलाएर विश्व स्तरिय संगीतलाई सिर्जना गर्दै अघि बढ्ने प्रयासमा रहेका छन्।
एल्बममा एक व्यक्तिको कथा छ जुन बाल्यकालबाट सुरु हुन्छ र मोक्षमा समाप्त हुन्छ, मूल रूपमा, एक जीवन कथा ।
सार्वजनिक भएको एल्बममा आठ वटा ट्र्याकहरू समावेश छन् जुन अब नूडल रेक्स एपमा उपलब्ध भएको जनाइएको छ ।
फ्रेट समूहले विभिन्न सांगीतिक महोत्सव तथा परोपकारी कार्यक्रमहरुमा सक्रिय रुपमा प्रस्तुति दिइरहेका छन् ।
सो समूहले ‘एन एम्बियन्स अफ भक्तपुर’ नामक पहल पनि सुरु गरेको छ भने फ्रेट म्युजिक स्कुलको पनि घोषणा गरिसकेको छ।








































