राष्ट्रपति खेलकुदमा महिला सहभागीता अभिवृद्धि तथा आत्मरक्षा कार्यक्रम सम्पन्न

33

काठमाण्डौ ।
नेपाल हाप्किडो संघको आयोजनामा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा राष्ट्रपति खेलकुदमा महिला सहभागीता अभिवृद्धि तथा आत्मरक्षा कार्यक्रम शंखरापुर नपा जर्सिङ पौवाको श्री कालिका शरण माविको प्रांगणमा शंखरापुर नपाका मेयर रमेश नापितको प्रमुख आतिथ्यमा आइतबार सम्पन्न भयो ।
राष्ट्रपति खेलकुदमा महिला सहभागीता अभिवृद्धि तथा आत्मरक्षा कार्यक्रममा विशेष अतिथि नेपाल हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालिबहादुर घर्तिमगर, अतिथिहरु नगर प्रवक्ता राधा कृष्ण श्रेष्ठ, नेपाल हाप्किडो संघका केन्द्रीय प्रशिक्षक एवं सामाजिक अभियन्ता पद्मा खयरगोली, साँखु प्रहरी प्रभाग प्रमुख निरिक्षक फुलमाया घिसिङ, कुन्तीदेवी फाउण्दडेसनका अध्यक्ष तथा समाजसेवी कुन्ती देवी पोखरेल, नेपाल हाप्किडो संघका केन्द्रीय प्रमुख प्रशिक्षक प्रविण गुरुङ, केन्द्रीय प्रशिक्षक भुवन बुढामगर, टेकराज केसी लगायत १२ वटा विद्यालयका प्रधानअध्यापक तथा शिक्षकहरुको उपस्थिति थियो ।


नेपाल हाप्किडो संघका केन्द्रिय प्रशिक्षक विजया कुमारी वाइवाको सभापतित्व सम्पन्न औपचारिक कार्यक्रमको संचालन कृति गिरीले गर्नु भएको थियो । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुदको मुल नारालाई आत्मसात गर्दै नेपाल हाप्किडो संघका केन्द्रिय प्रशिक्षकहरु पद्मा खयरगोली, विजया कुमारी वाइवा, प्रविण गुरुङ लगायत प्रशिक्षकहरुले समाजमा भइरहेको र हुनसक्ने घटनालाई मध्यनजर राखेर किशोरी विद्यार्थीहरु माझ आत्मरक्षाका विभिन्न टेक्नीकहरु प्रस्तुत गरिएका थियो ।
कार्यक्रममा शंखरापुर नगरपालिका अन्तर्गतका ११ विद्यालयहरुबाट किशोरी विद्यार्थीहरु, शिक्षक शिक्षिका, समाजसेवी, खेलाडीहरु ८५० जनाको सकृय सहभागिता थियो ।