भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले हुनेखानेलाई मात्र नभएर हुँदा खानेको पहुँचमा स्वास्थ्य कार्यक्रम लैजान आफूहरू लागि परेको बताउनुभएको छ ।
भक्तपुर अस्पतालको ११९ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै उहाँले बागमती प्रदेश सरकार हुँदा खाने वर्ग सम्म स्वास्थ्य कार्यक्रम पुञ्याउन लागि परेको बताउनुभएको हो ।
स्वास्थ्य मन्त्री जोशीले भक्तपुर अस्पताल नेपालको नै इतिहास बोकेको अस्पताल जसको सुधार र प्रगति भनेको हाम्रो दायित्व हो । जस अनुसार आगामी वर्ष भक्तपुर अस्पतालमा सिटी स्क्यान सहित २१ करोड ६१ लाख भन्दा बढीको बजेट विनियोजन गरिएको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो अस्पताललाई थप स्तर उन्नति गर्नु पर्ने रहेको छ,काम धेरै गर्नु पर्ने छ ऐतिहासिक ठाउँको ऐतिहासिक अस्पताल त्यसमाथि देश भरमा प्रादेशिक अस्पतालमा पहिलो हुन सफल अस्पताल जसको सुधारमा बागमती प्रदेश सरकारले अग्र पगंतीमा रहेर काम गर्ने प्रतिबद्धता समेत दिनुभयो ।
बागमती प्रदेश सरकारले नयाँ कार्यक्रमहरू १३ वटा नै अस्पतालले दिनु पर्ने सेवा विस्तार सामाजिक सेवा अन्तर्गत सहिद परिवार, जनआन्दोलनका घाइते, जनयुद्धका घाइते दुर्घटनामा परेकाहरू, वन्यजन्तुको आक्रमणबाट घाइते, विपन्न नागरिक, अपाङ्गता भएका हरूमा क र ख वर्गकालाई निःशुल्क सेवा दिन बागमती प्रदेश सरकार लागि परेको उहाँले जानकारी दिनुभयो । उहाँले प्रदेशका १३ वटा नै अस्पताललाई नै यसको लागि बजेट विनियोजन समेत गरेको जानकारी दिनुभयो ।
यस्तै स्वास्थ्य मन्त्री जोशीले मुख्य मन्त्री स्वास्थ्य कार्यक्रम अन्तर्गत ६५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई दाँतको निःशुल्क उपचार सेवा प्रदान गरिने समेत जानकारी दिनुभयो । यस्तै नवजात शिशुका लागि स्वास्थ्य बिमा आश्रममा आश्रित, लोपोन्मुख, अपाङ्ग भएका क र ख स्वयमसेविकाहरुलाई निःशुल्क स्वास्थ्य बिमा गराउने कार्यक्रम ल्याएको समेत उहाँले जानकारी दिनुभयो ।
उहाँले भक्तपुर अस्पताललाई उत्कृष्ट बनाउन भक्तपुर अस्पतालका सम्पूर्ण टिमको मिहेनत रहेका बताउँदै सम्पूर्ण टिमलाई धन्यवाद समेत दिनुभएको थियो ।
यस्तै कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले भक्तपुर अस्पताल सुधारका लागि आफू दिन रात नभनी लागि पर्ने बताउनुभएको छ ।
कुनै समय रिफर सेन्टरका रूपमा रहेको भक्तपुर अस्पताललाई आजको दिन सम्म पुञ्याउन लाग्नुहुने सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यो स्थान कायम राख्न सबै मिलेर काम गर्नु पर्ने उहाँले बताउनुभयो ।