भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ मा सुडालको सरस्वती मावि, थाकलमथ उत्कृष्ट बनेको छ ।
एसईईको नतिजाको प्रारम्भिक नतिजा विश्लेषण गर्दै चाँगुनारायण नगरपालिका शिक्षा शाखाले चाँगुनारायण नगरपालिका वडा नंं ८ सुडालको थाकलमथस्थित सो स्कुलको औसत जिपिए उत्कृष्ट रहेको उल्लेख गरेको छ । शाखाका अनुसार विद्यालयको औसत जिपिए ३.१८ रहेको छ ।
शाखाका अनुसार सुडालकै बाल्मिकेश्वर माविको ३.१०५ जिपिए रहेको छ । त्यस आधारमा बाल्मिकेश्वरले सरस्वती माविलाई पछ्याएको छ भने ३.०६८ जिपिएका साथ सुडालकै पंचकन्या माविले बाल्मिकेश्वरलाई पछ्याएको छ ।
यस्तै नगरका चार उत्कष्ठ विद्यालयमा सुडालकै महेन्द्रग्राम मावि परेको छ । महेन्द्रग्राम माविले २.९६ जिपिए ल्याउँदै चौंथो स्थानमा रहेको छ ।
नगरमा सबै भन्दा बढि माविभएको वडा सुडालका चारै मावि उत्कृष्ठ सावित भएका छन् । यस्तै २.८ जिपिएका साथ चाँगुनारायण मावि पाँचौं स्थानमा रहेको छ ।
नगरमा १४ सामुदायिक माध्यमिक विद्यालय रहेका छन् ।
सो नतिजाले सुडालका माध्यमिक विद्यालयहरु अब्बल र सबल सावित भएको देखिन्छ ।