झिँगा मार्ने विषादी सेवन गर्दा गुण्डुकी २० वर्षिया युवतीको मृत्यु 

359
भक्तपुर । भक्तपुर सुर्यविनायक न.पा.७ गुण्डुकी वर्ष २० की सलिना नगरकोटीले आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार नगरकोटीले आफ्नै घरको कोठामा नाम नखुलेको झिँगा मार्ने विषादी सेवन गरेकी थिइन् ।
विषादी सेवनपछि अशक्त भएका उनको उपचारको लागी श्रीमान् धिरज नगरकोटीले भक्तपुर अस्पताल ल्याउँदा उनी बोल्न नसक्ने-(गम्भीर) भएकी प्रहरीले जनाएको छ ।
उनको आत्महत्याको ,कारण नखुलेको जनाउँदै थप उपचारका लागि टिचिङ अस्पताल रिफर गरेकोमा सो अस्पतालमा आइसियु बेड नभएकोले मध्यपुर अस्पताल ठिमी ल्याएकोमा उपचारका क्रममा गए राति अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।