काठमाडौँ उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन, खोज्न अल्टिच्युडको हेली पठाइँदै

42

त्रिभुवन विमानस्थल स्रोतका अनुसार उक्त हेलकोप्टर आज बिहान १० बजे लुक्लाबाट काठमाडौँ उडेको थियो । तर, सवा १० बजे सम्पर्कविहीन भएको हो ।

उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।

मनाङ एयरका अनुसार ९एनए–एमभी कलसाइन भएको हेलिकप्टोप्टर सम्पर्कविहीन भएको हो ।

हेलिकोप्टरको खोजी कार्य जारी रहेको बताइएको छ ।

मनाङ एयरको हराइरहेको हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलका अनुसार लामजुरा पास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको छ ।

काठमाडौंबाट लुक्ला उडानमा यो पास बीचमा पर्छ । मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर लुक्लास्थित सुर्केबाट काठमाडौंका लागि उडेपछि सम्पर्कबिहीन भएको थियो ।