नक्कली नागरिकता बनाउन काभ्रे खानीखोलाका वडा अध्यक्षको मिलेमत्तो

1383

काभ्रे । काभ्रे खानीखोला गाउँपालिकाका वडा अध्यक्षले नक्कली नागरिकता बनाउन सघायको खुल्न आयको छ ।
खानीखोला गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष सन्तमान थिङले नक्कली नागरिकता बनाउन आफ्नै वडाका बृद्द बा आमालाई प्रयोग गरि मोटो रकम लियर नागरिकता बनाईदिएको खुल्न आयको छ ।
सोही वडामा बस्ने डिलबहादुर थिङले बृद्द दम्पत्ती गमन सीं गोले र माईली माया गोलेको नागरिकता बृद्द भत्ताको लागि मागी उनीहरूको नाममा आफ्नी श्रीमतीको नागरिकता बनाईदिएको खुल्न आएको छ ।
करिव सत्तरीका हाराहारीका बृद्दहरू लेखपढ समेत गर्न नजान्नेलाई झुक्कायर नागरिकता बनाउन वडा अध्यक्षको नै ठुलो हात रहेको खुल्न आएको छ ।
वडा अध्यक्षले नजिकका साथीको श्रीमती लाई नागरिकता बनाउन गोले दम्पत्तीलाई छक्काएको खुल्न आएको हो ।
आफूहरूलाई छक्कायर वडा अध्यक्ष र वहादुर थिङले मिलेर नक्कली विवरण पेश गरि नागरिकता बनाएको भन्दै गोले दम्पत्तीले सिडियो कार्यालयमा उजुरी दिएपछि उक्त पोल खुलेको हो ।
गोले दम्पतीले असार २५ गते नै निवेदन दिएपनि सिडियो कार्यालयले भने कुनै कारवाही अगाडी नबढाएको गोलेका नजिकका आफन्तले बताए ।
गलत विवरण दिएर आफ्नो सन्तान बाहेक लाई नागरिकता दिनु नमिल्ने भएपनि गलत नियतले भारतिय महिलालाई नागरिकता दिएकोमा कारवाही हुनु पर्ने स्थानीयको माग रहेको छ ।

काभ्रे सिडियो कार्यालयले भने नागरिकताको विषयमा अनुसन्धान भई रहेको जानकारी दिएको छ ।

वडा अध्यक्ष माओबादी निकट भएको खुल्न आएको छ ।