चाँगु नगर सितेरियो कराँते सङ्घका अध्यक्षमा यण्डो

132

भक्तपुर । सितेरियो कराँते सङ्घ चाँगुनारायणमा विस्तार भएको छ । ११ सदस्य कार्यसमितिका साथ चाँगुनारायणमा सितेरियो कराँते सङ्घ गठन भएको हो ।

विजय राम यण्डोको अध्यक्षतामा चाँगुनारायण नगर स्तरीय सितेरियो कराँते सङ्घ गठन भएको छ ।

चाँगुनारायणमा शनिवार खेलाडीहरूको एक भेलाले यण्डोको अध्यक्षतामा ११ सदस्य सितेरियो कराँते सङ्घ गठन भएको हो ।

उपाध्यक्षमा सुशील आगेन्जा यस्तै उपाध्यक्षमा गणेश सुकमनी सचिवमा कृष्ण राम यण्डो कोषाध्यक्षमा विकास दुवाल र सदस्यहरूमा कविता राजचल, स्विटी गेलाल, हिमाल श्रेष्ठ, कृष्णराम तज, बुद्धिराम ह्योमिखा र तार भुजेल मनोनीत भएका हुन ।

कार्यक्रमको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्याम सुन्दर धिमालेले विधिवत् रूपमा उद्घाटन गर्नुभएको थियो । उहाँले वडाको बजेटबाट नै वर्षको एक पटक कराँते खेलको आयोजना गर्ने बताउनुभएको थियो । उहाँले वडाले नै एक जना प्रशिक्षक नै नियुक्ति गरी वडामा खेलको विकासमा जोड दिने समेत जानकारी दिनुभएको थियो ।

यस्तै कार्यक्रममा भक्तपुर जिल्ला कराँते महासङ्घका कोषाध्यक्ष राम शरण त्वातीले विद्यालय स्तरमा नै खेलकुदको विकास गर्नु पर्ने बताउनुभएको थियो । उहाँले विद्यालय स्तरमा नै विद्यार्थीलाई आत्मरक्षा तालिमको व्यवस्था गर्नुपर्ने समेत बताउनुभएको थियो ।

चाँगुनारायण नगर खेलकुद समितिका संयोजक रघु केसीले एक वडा दुई जना प्रशिक्षकको व्यवस्था गर्न सके वडामा भएका खेलाडीले काम पनि पाउने र मोबाइलको लतमा लागेका विद्यार्थीलाई स्वस्थ पनि बनाउन सकिने बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि दीपेन्द्र व्यान्जु, भक्तपुर जिल्ला सितेरियो कराँते सङ्घका जिल्ला सदस्य राजन चित्रकार, कराँते जिल्ला महासङ्घका सदस्य सूर्य लामा भक्तपुर नगर सितोरियो कराँते सङ्घका अध्यक्ष राजु बजिखों लगाएका वक्ताले खेलको विकास हुन सके मात्र जिल्ला र नगरको पनि पहिचान हुने बताउनुभएको थियो ।