सर्लाही । सर्लाही जिल्ला अदालतका प्रमुख न्यायाधीशका कारण देश भरका जिल्ला न्यायाधीशको शिर निचो भएको छ ।
सर्लाही जिल्ला अदालतका प्रमुख न्यायाधीश कविप्रसाद न्यौपानेका कारण देश भरका न्यायाधीशको शिर सरमले निहुरिएको हो ।
खुलेआम कार्यालय समयमा इलामको चिया बगानमा तरुनी च्यापेर मोज मज्जा देखि झगडियाको मोटरमा सवार हुँदै हर्कत माथि हर्कत गर्दै आएका न्यौपानेलाई प्रधान न्यायाधीसले कारबाही नगरी छुट दिँदा देश भरका न्यायाधीशको शिर निहुरिएको मात्र नभएर न्याय परिषद्को समेत इज्जतको धज्जी उडेको छ ।
न्यायाधीशको मर्यादा बाहिर गएर झगडियाको सवारी साधन प्रयोग गरी देश विदेशको सयर गर्नु मात्र नभएर न्यौपाने आफ्नो राजकीय सयरमा निक्लेका समयमा भएको हरकतको सम्बन्धमा सिसिटिभी फुटेज समेत हुँदा हुँदै पनि न्याय परिषद् तथा प्रधान न्यायाधीसले कारबाही गर्न नसक्नु ठुलो लज्जा बोध भएको छ ।
नेपालको न्याय क्षेत्रमा कलङ्कका रूपमा रहेको यस काण्डलाई सर्वोच्च अदालतले नै ढाकछोप गर्दै आएको खुल्न आएको छ । न्यायाधीश न्यौपाने र प्रधान न्यायाधीश कार्कीका बिचमा सम्बन्ध भएका कारण नै उनी माथि कारबाही नभएको खैलाबैला हुन थालेको छ ।
न्यायाधीश कार्की राजीनामा दिन नै काठमाडौँ आउँदा समेत उनलाई कारबाही नगरी उल्टै प्रधान न्यायाधीश कार्कीले फिर्ता पठाएको खुल्न आएको छ ।
प्रधान न्यायाधीशका रूपमा कार्की आएपछि कारबाही गर्नु पर्ने न्यायाधीसहरुलाई कारबाही नगरी उनले आफूलाई आफैले असफल बनाएका छन् ।
प्रधान न्यायाधीशका रूपमा नियुक्त भएदेखि नै उनले कुनै काम कारबाही नगरी आफ्नो कार्यकाल समाप्त गर्ने भएका छन् ।
घुमघाममा न्यायाधीश श्रीमती साइडमा राखेर अन्यलाई च्यापेको फोटो
कुनै पनि झगडियाको गाडीमा सेयरमा निक्लनु कुनै ठुलो कुरा भएन तर करारमा नियुक्त गरिएका दुई महिला कर्मचारीलाई नै सँगै लिएर हप्तौँ सम्म घुम्न निक्लनु न्यायालयको मर्यादा बाहिरको काम हो ।
न्यायालयको मर्यादा बाहिर महिलाहरू घुमाउने होटेलमा राती करिब ११ बजेतिर महिलाको कोठामा छिर्ने देखि खुलेआम परस्त्रीहरूसँग अङ्कमाल गर्दै हिँडेको सिसिटिभी फुटेज लगायतका तस्बिर बाहिर आउँदा समेत उनीमाथि कुनै कारबाही नहुनु आफैमा लाजमर्दो विषय भएको छ ।
न्यायाधीश न्यौपाने हाल सम्म पनि इजलासमा बस्न सक्ने अवस्था नभएको खुल्न आएको छ । अदालतका कर्मचारी देखि बार अनि सेवा ग्राहीले समेत उनीमाथि औँला ठड्याउन थालेका कारण न्याय सम्पादनमा नै खलल पुगेको छ ।
काण्डमाथि काण्ड लगाउँदै आएका उनलाई सर्वोच्चले तानेर बाटो खुला मात्र गराउन पनि नसक्नु सर्वोच्चको आफ्नै बेहिजत भएको छ । अर्को न्याय परिषद्को खिल्ली उडेको छ ।
न्यायाधीश न्यौपानेको काण्ड के हो त
जहाँ पुग्यो त्यहीँ अनेक काण्ड गरेर विवादित हुँदै आएका जिल्ला न्यायाधीश कविप्रसाद न्यौपाने अहिले सर्लाही जिल्ला अदालत पुगेर नयाँ नयाँ काण्ड मच्चाउँदै छन् ।
कहिले करारका कर्मचारीलाई लगेर हप्तौँ बेपत्ता हुने त कहिले झगडियाको गाडी चढेर लामो यात्रामा निस्कने गरेका न्यौपानेले सर्वोच्च अदालतको सहमतिबेगर करारका कर्मचारी भर्ना गरेर ठुलो रकम बेरुजु निकालेका छन् । केही कानुन व्यवसायीसँग उनको अस्वाभाविक हिमचिमको रेकर्ड पनि अहिले सर्वोच्च अदालतदेखि न्यायपरिषदसम्म चर्चाको शिखरमा छ ।
हुँदा हुँदा अहिले आफ्ना विगतका गल्ती ढाकछोप गर्न अरू गल्ती गर्दै गइरहेका छन् । काठमाडौँको एक प्रतिष्ठित टेलिभिजनले न्यायाधीश न्यौपाने झगडियाको सौजन्यमा गाडी चढेर स्वदेशभित्रै र भारतको दार्जिलिङसम्म घुम्न गएको प्रमाणसहित समाचार प्रसारण गरेको थियो । त्यो समाचार खण्डन गर्न नसकेका उनले न्यायपरिषदको कारबाहीबाट बच्न भने अर्को वारदात गरेका छन् ।
न्यायपरिषदले उनीमाथि छानबिन अघि बढाएपछि कारबाहीबाट जोगिन उनले झगडियाको गाडी सित्तैमा चढेको नभई पैसा तिरेको भनी ५४ हजार रुपैयाँ बराबरको नक्कली बिल भौचर बनाई न्यायपरिषदमा पेस गरेका छन् । जबकि न्यायाधीश न्यौपानेले चढेको उक्त गाडी झगडियाले सित्तैमा दिएको भनेर टेलिभिजनमा स्वीकारेको अडियो नै सार्वजनिक भइसकेको छ ।
सर्लाही जिल्ला अदालतका एक नम्बर न्यायाधीश न्यौपानेका यस्तै चर्तिकलाले सारा देशका न्यायाधीशले लज्जा बोध गर्नुपरेको छ । न्यायाधीश मात्र होइन त्यहाँका कानुन व्यवसायीदेखि कर्मचारी र प्रहरी अधिकृतले सार्वजनिकरुपमै सामाजिक सञ्जालमा अनेक टीकाटिप्पणी गरिरहेका छन् र न्यायपरिषदले कुनै कारबाही नगरेको भनेर प्रश्न उठाइरहेका छन् ।
यता न्यायपरिषदले भने न्यायाधीश न्यौपाने बसेका बराह क्षेत्र, इलाम र दार्जिलिङबाट होटेलका सिसिटिभी फुटेजसमेत सङ्कलन गरिरहेको छ । ती दृश्य बाहिरिने हो भने न्यौपाने अर्को नैतिक समस्यामा फस्नेछन् ।
यसअघि विराटनगर उच्च अदालतका न्यायाधीश उमेशकुमार सिंह ३३ किलो सुन काण्डमा झगडियासँग फोन गरेको कल डिटेल रिपोर्टकै आधारमा बर्खास्त भएका थिए । अहिले न्यौपानेको कल डिटेल मगाएर हेर्ने हो भने अझै धेरै प्रमाणहरू सतहमा आउनेछन् । न्यायपरिषदले यसतिर पनि ध्यान दिनुपर्छ ।