चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी बीच स्वस्थ बुढ्यौली परियोजना संचालनका विषयमा छलफल

28

 

चाँगुनारायण, भक्तपुर

चाँगुनारायण नगरपालिकामा स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले नगरपालिकासंगको साझेदारीमा स्वस्थ बुढ्यौली परियोजना संचालन गर्ने भएकोछ । चाँगुनारायण नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र स्वीस रेडक्रसका प्रतिनिधिहरु बीच परियोजना संचालनको विषयमा नगरपालिकाको सभाहलमा आज छलफल भएको थियोे ।
छलफल कार्यक्रमको शुरुवातमा नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक बालकृष्ण सेँढाई तथा कार्यक्रम संयोजक राजु राउतले ज्येष्ठ नागरिकहरुको जानसांख्यिक बनावट, परियोजना संचालनको आवश्यकता, महत्वका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
आज नगरपालिकामा आयोजित द्विपक्षीय छलफलमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीबन खत्रीले चाँगुनारायण नगरपालिकाले नगरबासी ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य तथा संरक्षणको क्षेत्रमा संचालन गरेका गतिविधहरुलाई समेत समावेश गरी स्वस्थ, सुरक्षित, मर्यादित र सक्रिय जीवनयापनको लागि सक्षम बनाउनकोे लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा मार्फत स्वीस रेडक्रसले आर्थिक सहयोग तथा साझेदरीमा परियोजना संचालन गर्न गइरहेकोमा हार्दिक धन्यवाद दिनुहुदै ज्येष्ठ नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर तयार गरिने विस्तृत कार्यक्रम योजनामा संरक्षण, विपद् जोखिम न्यूनीकरण र जिविकोपार्जनका कुरालाई पनि समावेश गर्न सुझाव दिनुभयो । उहाँले चाँगुनारायण नगरपालिकाको तर्फबाट आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकहरुका लागि विभिन्न कार्यक्रमहरु समावेश गरेको जानकारी दिनुभयो ।
नगर प्रमुख खत्रीले मानव अधिकारको प्रत्याभुति, सुरक्षित र सम्मानित जीवन जिउन पाउने प्रत्येक ज्येष्ठ नागरिकको मानविय अधिकारको संरक्षण गर्दै, ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरि निजहरुप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्दै सभ्य तथा स्वस्थ समाजको निर्माण आजको आवश्यकता रहेको जानकारी गराउँदै यस प्रकारको कार्यमा चाँगुनारायण नगरपालिका रेडक्रस लगायत अन्य गैह्र सरकारी संस्थासंग सधै सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
छलफलमा नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापाले रेडक्रस सधै सरकारको सहयोगी निकायको रुपमा मानवीय क्षेत्रमा कार्य गर्दै आइरहेको बताउनुभयो । उहाँले भक्तपुर जिल्ला शाखासंग सम्झौता गरी चाँगुनारायण नगरपालिकाले नगरवासी विरामीहरुलाई निःशुल्क रगत तथा रक्ततत्व वितरण गरेकोमा आभार व्यक्त गर्नुहुदै विगत १