पत्रकार हेमराज ढकाललाई पितृ शोक

138

भक्तपुर ।
नेपाल पत्रकार महासङ्घ भक्तपुरका सहसचिव एवम् प्रेस चौतारी नेपाल भक्तपुरका अध्यक्ष हेमराज ढकाललाई पितृ शोक परेको छ ।

पत्रकार ढकालका पिता भीष्म प्रसाद ढकालको ५९ वर्षको उमेर आज शनिवार उपचारका क्रममा भक्तपुर अस्पतालमा निधन भएको हो ।

स्वर्गीय भीष्म प्रसाद विगत लामो समय देखी दम र मुटु सम्बन्धी समस्याले पीडित हुनुहुन्थ्यो । उहाँको पत्रकार हेमराजसहित दुई छोरा र एक छोरी हुनुहुन्छ ।

सहसचिव हेमराज ढकालको पिताको निधनमा संवाहक डटकम परिवार दुःख व्यक्त गर्दछ ।