‘ब्रेक शु’मा तस्करी गरिएको सुन जोखियो, कति भयो तौल ?

126

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको ‘क्विन्टल सुन’ जोखिएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले साउन २ गते बरामत गरिएको सुन जोखेको हो ।

सोमबार जोखिएको सुनको तौल ६० किलो ७८९ ग्राम रहेको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभयो।

महाशाखाले ब्रेक शुबाट सुन छुट्याएर जोखेको हो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । ब्रेक शुसहितको सुनको तौल भने १५५ किलो रहेको थियो । त्यसबेला ब्रेक शु सहितको तौल लिइएको थियो ।

उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो।

आइतबार राजश्व अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र टक्सार कार्यालयका प्रतिनिधिको रहोबरमा सुन जोखिएको हो ।

त्यो सुनलाई यिनै निकायका प्रतिनिधिको रोहबरमा भोलि मंगलबार बिहान साढे १० बजे गालिने आचार्यले जानकारी दिनुभयो ।