गोकर्णेश्वर नगरपालिकाद्धरा महिलाको निःशुल्क क्यासर परीक्षण अभियान

21

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले ३० वर्षदेखि ६० वर्ष उमेरका महिला समूहलाई निःशुल्क क्यान्सरको परीक्षण गराउने कार्यलाई अभियान चलाएको छ ।
नगर प्रमुख दीपककुमार रिसालले गत भदौ ३१ गते सूचना जारी गरी सहभागि हुन आग्रह गरिएको छ । उक्त उमेर समूहका महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर रोग लाग्न नदिन नगरले यस्तो अभियान सञ्चालन गरेको हो । नगर प्रमुख रिसालले उक्त अभियानमा सहभागि हुन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।

रोग लाग्न दिनुभन्दा पहिले नै सतर्कता अपनाउने र रोगको समयमै पहिचान गरेर उपचार गर्नका लागि नगरपालिकाले यस्तो निर्णय गरेको मेयर रिसालले बतउनुभयो। यसमा सबैको सहभागिता हुन अनुरोध गरिएको र अनिवार्य रुपमा सहभागिता गराउन नगरले दिने आर्थिक सहयोग यो परीक्षण नगरे उपलब्ध नगराउने निर्णय गरेको उहाँले बताउनुभयो ।

‘अब सबै महिला समूहहरुले निःशुल्क जाँच गराउनको लागि समन्वय गरी सेवा लिन अनुरोध छ,’ नगरपालिकाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै महिला समूहहरुले उल्लेखित जाँच गरेको प्रमाणबिना कुनै पनि कार्यक्रमको लागि नगरपालिकाले रकम उपलब्ध नगराउने व्यहोरा अनुरोध छ।’