कक्षा ११ को परीक्षा फेरि सर्‍यो, असार ८ गतेदेखि हुने (तालिकासहित)

1012

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा असार ८ गतेबाट सञ्चालन गर्ने भएको छ। यसअघि असार १ गतेबाट सञ्चालन गर्ने भनिएको परीक्षा दोस्रो चरणको स्थानीय तहको निर्वाचनका कारण सारिएको हो।

निमित्त परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार परीक्षा असार १८ गतेसम्म सञ्चालन हुनेछ। यसअघि शुरुमा वैशाख २४ गतेदेखि गर्ने भनिएको कक्षा ११ को परीक्षा वैशाख ३१ गतेलाई निर्वाचनको मिति घोषणा गरिएकै कारण असार १ गतेसम्मका लागि सारिएको थियो।

तर, वैशाख ३१ गतेपनि सबै प्रदेशमा चुनाव हुन नसकेपछि दोस्रो चरणमा जेठ ३१ गतेलाई सारिएपछि परीक्षाको तालिका पनि पर धकेलिएको हो।

परीक्षाकाे तालिका