राप्रपा चाँगुनारायण नगर अध्यक्षमा रमेश अधिकारी 

73

भक्तपुर । राप्रपाले चाँगुनारायण नगर समितिको नगर अधिवेशन सम्पन्न गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नगर कार्य समितिले भक्तपुरको कमलविनायक मा सम्पन्न गरेको नगर अधिवेशनबाट नगर अध्यक्षमा रमेश अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

 नगर अधिवेशनबाट अन्य सदस्यहरूमा वेदकुमारी बास्तोला,नवीन न्यौपाने , कान्छा मोहन रोक्का , गणेश मल्ल ,  द्वारे तामाङ , रामेश्वर पोखरेल , रविप्रसाद पुरी , रामचन्द्र लामिछाने, जीवन गुरुङ , कल्पना बस्ताकोटी गिरी , सुमित्रा खत्री , अष्ट तामाङ , विदुर फुयाँल , गोविन्दबहादुर कार्की ,महेश्वर के.सी. गरी ७५  प्रतिशत सर्वसम्मत निर्वाचित हुनुभएको थियो । यस्तै २५ प्रतिशत मनोनीत सदस्यहरूमा शैलेन्द्रकुमार खड्का , राजु कुइँकेल , जनकबहादुर कार्की , जीवन बानियाँ  र श्याम नायंजु श्रेष्ठ  रहनुभएको छ ।