खाँदबारीद्धारा नदीजन्य पदार्थ उत्खनन र विक्री वितरण गर्न सूचना सार्वजनिक

28

सङ्खुवासभा (खाँदबारी) । खाँदबारी नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गरी नगरपालिकाले तोकिएको दरमा विक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्न सूचना जारी गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६४ च र दफा ११ को घ को छ भएको व्यवस्था बमोजिम तपशिलमा उल्लेखित नदिहरुको स्वीकृत घाँटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन गरी खाँदबारी नगरपालिकाले तोकिएको दरमा विक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्नका लागि भदौ १ गते सूचना जारी गरेको हो ।


इच्छुक फम वा, कम्पनीहरुले फमको नविकरण भएको प्रमाणपत्र मूल्य अभिवृद्धि कर प्रमाण पत्र, २०७८-७९ को कर चुक्ता प्रमाणपत्र र नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपीका साथै अन्य आवश्य काजगत संलग्न गरी बोलपत्र प्रक्रियामा सहभागि हुन सम्बन्धित सबैको जानकारीका लागि नगरपालिकाले सूचना जारी गरेको छ ।