भक्तपुरमा प्रमुख न्यायाधीश सम्मानित 

 अधिवक्ता एवं लेखक कमल राज थापा अधिवक्ता

1272

भक्तपुर । भक्तपुरका प्रमुख न्यायाधीश गोपाल प्रसाद बास्तोला सम्मानित हुनुभएको छ । भक्तपुर जिल्लामा नै बसेर सर्वाधिक फैसला गर्ने न्यायाधीशका रूपमा रहनुभएका बास्तोलालाई एक कार्यक्रमका बिच सम्मानित गरिएको हो ।

भक्तपुर बारको आयोजनामा भएको बधाई तथा सम्मान कार्यक्रममा भक्तपुरका प्रमुख न्यायाधीश गोपाल प्रसाद बास्तोला सम्मानित हुनुभएको हो ।

उहाँले हाल सम्म १० हजार भन्दा बढी फैसला गर्नुभएको छ । जिल्ला न्यायाधीशका रुपमा कार्यरत रहँदा सर्वाधिक फैसला गर्ने न्यायाधीशमा उहाँ अग्रणी स्थानमा रहँदै आउनुभएको न्यायाधीश हुनुहुन्छ ।

यस्तै कार्यक्रममा नेपाल कानुन व्यवसायी परिषद्को ३० औँ वार्षिकोत्सवको अवसरमा न्याय र कानुनसँग सम्बन्धित आ।व। २०७९।०८० मा प्रकाशित उत्कृष्ट पुस्तकका लेखकमा सम्मानित हुनु हुने  पुस्तकका लेखक कमल राज थापा लाई बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले दुवै जनालाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बारका अध्यक्ष गोपाल कृष्ण घिमिरे,  न्यायाधीश तीर्थराज के.सी,  न्यायाधीश महेन्द्रप्रसाद पोखरेल, न्यायाधीश उमानाथ गौतम,न्यायाधीश दुर्गादेवी गुरुङ्ग, श्रेस्तेदार ऋतवहादुर पुलामी मगर,तहसिलदार भवानी शङ्कर घिमिरे लगायतका महानुभावको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता भक्तपुर बारका अध्यक्ष रवीन्द्र प्रधानले गर्नुभएको थियो ।