धर्म समाज सुधारको एक पाटो बन्नुपर्छ : सुरेश श्रेष्ठ 

139

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले धर्म समाज सुधारको एक पाटो हुनु पर्ने बताउनुभएको छ ।

श्री कृष्ण प्रणामी सुडाल बागेश्वरी इकाईको चरेली मा आयोजित श्रीमद वीतक श्रीकृष्ण कथा साप्ताहिक कार्यक्रमको उद्घाटनलाई सम्बोधन गर्दै उहाँले धर्म समाज सुधारको मार्ग निर्देशक हुनु पर्ने बताउनुभएको हो ।

उहाँले हाल धर्मका नाममा विभिन्न भ्रम फैलाउने र अरूको धर्म नष्ट गर्ने तत्त्वहरू सक्रिय भएको बताउँदै यस्तो कार्य कानुनत अवान्छनिय भएको बताउनुभएको हो ।

 

श्रीकृष्ण प्रणामी धर्ममा कुलतमा फस्नेहरू विभिन्न नकारात्मक तत्वखानेहरुलाई छुटकारा गराउने

धरानमा भएको घटना निन्दनीय भएको बताउँदै उहाँले अव उक्त कार्यको विरोधमा लडेर भिडेर हिंसा फैलाएर हैन अवको दिनमा यो कार्य गर्नु हुँदैन भन्दै अति उपदेश दिँदै सकारात्मक रुपमा उनीहरूलाई सम्झाउनु पर्नेमा जोड दिनुभयो । उहाँले नेपाल धार्मिक दोनन्दमा फसाउन चाहने तत्त्वहरूका कारण विभिन्न स्थानमा विभिन्न क्रियाकलाप गराउँदै जाती जाती र धर्मका बिचमा विखण्डन ल्याउन खोज्ने तत्त्वहरू सक्रिय भएको बताउँदै उनीहरूको पछि नलाग्न सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा श्रीमद वीतक श्रीकृष्ण कथा बाचिका विदुषी सपना माताजीले वीतक भनेको आत्मज्ञान भएको जानकारी दिनुभएको थियो । उहाँले हामीले चिटिक्क परेको गाडी खरिद गरेर ल्याउँछौँ तर बाहिर कभर भन्दा पनि इन्जिन मूल्यवान् हुन्छ भने जस्तै हामी मनुष्यको अनुहार हात खुट्टा आदी भन्दा पनि चित्त एवं आत्मा अमर छ त्यसको ज्ञान प्राप्तिको लागी यो वीतक आवश्यक भएको जानकारी दिनुभएको थियो ।

यस्तै कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिर कटुन्जेका अध्यक्ष धर्मराज थापाले युवाहरूलाई सत्मार्ग मा ल्याउन श्रीकृष्ण प्रणामी समाज लागि परेको बताउनुभएको थियो ।

उहाँले कृष्ण प्रणामी मन्दिर चरेली को भवन निर्माण तथा बाँकी काम सम्पन्न गराउन बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठसँग आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा विश्व हिन्दु महासङ्घका महासचिव आत्रेय महाराजले धर्म रक्षाका लागि सबै एक जुट हुनुपर्ने बताउनुभएको थियो । यस्तै उहाँले धरानमा भएको गौ हत्याको विरोध स्वरूप सबै जनालाई एक जुट हुन समेत उहाँले आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी समाजका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

चरेली मा वीतक आज देखि सात दिन सम्म चल्ने छ ।