आत्मदाह गरी पोखरामा पत्रकार एलिजाले गरिन् आत्महत्या, आत्मदाहको रहस्य खुल्न बाँकी

174

पोखरा । पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) को आत्महत्याका कारण मृत्यु भएको छ । २५ वर्षीया एलिजाले पोखरा ८, जाल्पारोडस्थित आफ्नै निवासमा सोमबार दिउँसो पेट्रोल छर्केर आत्मदाह गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज (जिएमसी) लगिएकोमा पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा मंगलबार दिउँसो १२ः४२ मा निधन भएको हो ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनले यसअघि माछापुच्छे« एफएम, परिचय डटकम, अन्नपूर्ण एफएमलगायत मिडियामा काम गरेकी थिइन् । ७ वर्षदेखि पत्रकारितामा क्रियाशील उनी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत थिइन् ।

उनको शव पोस्टमार्टमपछि आफ्नो निवास जाल्पारोडमा अन्तिम श्रद्धाञ्जीको लागि लगिएको थियो । त्यहाँ करिब १ घण्टा राखिएकोमा अन्त्येष्टिका लागि मंगलबार साँझ सेती किनार शान्तिघाट लगिएको हो । चलचित्र पत्रकार संघ कास्कीले उनीप्रति अन्तिम श्रद्धाञ्जली दिँदै शवमा झण्डा ओढाएको थियो ।

पोखरा २०, भलाममा २०५५ साल पुस २७ मा जन्मिएकी उनको गत वर्षमात्र विवाह भएको थियो । उनको पेटमा शिशु हुर्किदै गरेको समेत परिवारजनले जनाएको छ । उनले आत्मदाह गर्नुको कारण खुलेको छैन ।

एलिजाको घर नजिकै डेरा गरी बस्ने पत्रकार प्रकाश ढकाल लेख्छन््, ‘जोडिएको घर भएकोले उनी परिवारकै सदस्यजस्तो गरी रहिन् । अनायस हिजो दनदनी बलिरहेको आगोमा बहिनीलाई देखें, हतारहतार आगो निभाएर अस्पताल लगें । बाटोमा जाँदा र अस्पतालमा पनि बहिनी बोलिरहिन् । सोधेका कुरामा जवाफ दिइरहिन् । हिजो दिउँसोबाट उनको शरीर सुनिन थाल्यो । यसबीचमा हामीले उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजान प्रयास ग¥यौं तर मौसम प्रतिकूलताले सम्भव भएन । जति प्रयास गरे पनि बहिनीलाई बचाउन सकेनौं । साह्रै ठूलो चोट दिएर बिदा भइन् बहिनी । मन भत्भती पोलिरहेको छ ।’

यसैबीच, उनको निधनमा विभिन्न संघसंस्थाले शोक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन् । चलचित्र पत्रकार संघ कास्कीतर्फबाट अध्यक्ष प्रभू अधिकारी र सचिव सन्तोष बस्यालले शोक विज्ञप्तिमार्फत कार्यसमिति सदस्य क्षेत्रीको असामयिक निधनले संघ परिवार मर्माहत र स्तब्ध भएको जनाएका छन् । ‘यस दुःखद घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । कार्यसमिति सदस्य भएर संस्थाप्रति पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै उहाँलाई चलचित्र पत्रकार संघ कास्की सधैं स्मरण गरिरहनेछ,’ शोक विज्ञप्तिमा उल्लेख छ ।