१ सय ४० वर्ष पुरानो बालिकाको शव भेटियो, घर बनाउँदा

491

एजेन्सी। अमेरिकाको क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा पछिल्लो वर्ष १ घर निर्माणको क्रममा १ सय ४० वर्ष पुरानो बच्चाको मृत शरीर फेला परेको छ । बच्चालाई चिहानमा राखिएको थियो । त्यति पुरानो भएर पनि ति बच्चीको शव सुरक्षित थियो ।

१ वर्ष को समय लगाएर सोधकर्ताहरुले बच्चीको पहिचान खुलाउन सफल भएका हुन् । युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्रोफेसर जेलमर इर्किनकाअनुसार त्यो बच्चीको नाम इडिथ हवार्ड कुक थियो ।

जसको १८७६ मा मृत्युु भएको थियो । मृत्यु पश्चात उनको शव सम्मानपुर्वक कफनमा राखेर गाडिएको थियो । उनको शवलाई चाँदीको बाकसमा राखिएको थियो । जसको कारण मृत्युु भएको १ सय ४० वर्षपछि घर निर्माणको दौरानमा त्यो मृत शरीर फेला परेको हो । सोधकर्ताले यी बच्ची खानदानी परिवारको सन्तान भएको निष्कर्ष निकालेका छन् ।

सोधकर्ताको खोज अनुसार ति बच्ची ३ वर्षको हुँदा कुपोषणको कारण मृत्यु भएको थियो । त्यसबेला बच्चीको मृत शरीरमा गुुलाफको फू्ल राखिएको थियो भने बच्चीले जालीदार फ्रक लगाएकी थिइन् ।