निर्माण व्यवसायी सङ्घको अध्यक्षमा पुन देउजा

144

भक्तपुर ।
निर्माण व्यवसायी सङ्घ भक्तपुरको अध्यक्षमा पुन विजयकुमार देउजा दोहोरिएका छन् । सङ्घको २१ ओैँ साधारण सभा एवं ८ ओैँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा उनी दोहोरिन सफल भएका हुन् । भक्तपुर ब्याङ्केटमा जारी ८ औँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा देउजाको मात्र उम्मेदवारी दर्ता भएकोले उनी निर्विरोध निर्वाचित भएका हुन् । दोस्रो कार्यकालका लागि दोहोरिएका अध्यक्ष देउजासँगै वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष लगायत पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् ।


द्वितीय उपाध्यक्ष र सह कोषाध्यक्षमा भने दुई उम्मेदवारी परेपछि कार्यसमिति निर्विरोध हुन सकेको छैन । १७ सदस्यीय कार्यसमितिलाई निर्विरोध निर्वाचित गर्ने अन्तिम प्रयास भइरहेको छ । यसका लागि बागमती प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका पूर्व अध्यक्ष कृष्णलाल भडेल लगायतले कसरत गरिरहेका छन् । सहमति हुन नसके मतदानमा जाने निर्वाचन समितिको तयारी रहेको छ । उम्मेदवारी फिर्ताको लागि शनिवार बिहान ८ बजेदेखि ९ बजे सम्मको समय दिइएको निर्वाचन अधिकृत कृष्ण मुरारी खनालले जनाएका छन् ।अधिवेशनमा ३ सय ३ प्रतिनिधि रहेका बताइएको छ ।