भक्तपुर जिल्ला सितोरियो कराते सङ्घको अधिवेशन सम्पन्न: अध्यक्षमा राजन चित्रकार 

147

भक्तपुर । भक्तपुर जिल्ला सितोरियो कराते सङ्घको अधिवेशन सम्पन्न भएको छ । भक्तपुरको सूर्य विनायकमा सम्पन्न भएको सङ्घको अधिवेशनबाट अध्यक्षमा राजन चित्रकार सर्वसम्मत हुनुभएको छ ।

यस्तै सङ्घको वरिष्ठ उपाध्यक्षमा रामशरण त्वाती, उपाध्यक्षमा विजयराम एण्डो, कृष्णराम ज्याकिवञ्जार, उमेश श्रेष्ठ बादे , सचिवमा राजुसिं बजिखो, सचिवमा सच्चिदानन्द बनेपाली , पृथ्वी बासुकला, हरिकृष्ण प्रजापति कोषाध्यक्षमा जितेन्द्र चक्रधर, सह कोषाध्यक्षमा शिव शरण कार्की, सदस्यहरूमा चन्द्रकृष्ण प्रजापति, रञ्जन प्रधान, दीपेन्द्र व्यान्जु, सूर्यबहादुर लामा, सावित्री प्रजापति, कविता रजचल, सुवी श्रेष्ठ, गणेश सुकमनी, सुनिल नकर्मी रहनुभएको छ ।

यस्तै सङ्घको वरिष्ठ सल्लाहकारमा  प्रकाश मोहन द्यौभडेल, मनोज हाडा, रोशन प्रजापति मृगेन्द्र द्यौभडेल, राधिका देउला, सुलोचना सिजख्वा रहनु भएको छ ।

यस्तै अधिवेशनबाट बागमती प्रदेश प्रतिनिधिमा प्रकाश मोहन द्यौभडेल, राधिका देउला, राजु सिं बजिखों, मृगेन्द्र मोहन द्यौभडेल, दीपेन्द्र व्यान्जु मनोनीत हुनुभएको थियो ।

अधिवेशनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, भक्तपुर नगरपालिका खेलकुद विकास समितिका संयोजक श्यामकृष्ण खत्री, भक्तपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उपेन्द्र सुवाल, वरिष्ठ प्रशिक्षक मृगेन्द्र मोहन द्यौभडेल, नेपाल कराते महासङ्घका केन्द्रीय सदस्य एवं महिला विभाव संयोजक राधिका देउला, भक्तपुर नगरपालिकाका अध्यक्ष राजुसिं बजिखों, सूर्य विनायक कृष्णराम जाकिवंजार, चाँगुनारायण नगरपालिका सितोरियो कराते सङ्घका अध्यक्ष विजयराम एण्डो, मध्यपुर थिमी नगरपालिकाका अध्यक्ष उमेश बादे श्रेष्ठ, लगायतका अतिथिको उपस्थिति रहेको थियो ।